दमकमा देखियो वर्डफ्लु

दमकमा बर्डफ्लु भेटियो

कुखुरा पालक कृषकलाई फार्ममा अनावश्यक व्यक्तिको प्रवेश रोक्न र प्रवेश तथा निस्कने स्थानमा अनिवार्य रूपमा डिसइन्फेक्टेन्ट प्रयोग गर्न पनि निर्देशन दिइएको छ।

दमक,८ चैत्र । दमक नगरपालिकाले अत्यन्त जरुरी सूचना जारी गर्दै बर्ड फ्लु संक्रमण फैलिन सक्ने जोखिमप्रति सबै सरोकारवालालाई सचेत गराएको छ।

 

नगरपालिकाका अनुसार वडा नम्बर १० मा सञ्चालनमा रहेको एक लेयर्स कुखुरा फार्मका कुखुराहरू बिरामी भई मरेपछि गरिएको परीक्षणमा संक्रामक बर्ड फ्लु रोग पुष्टि भएको हो। यो जुनोटिक प्रकृतिको रोग भएकाले पशुबाट मानवमा समेत सर्न सक्ने जोखिम रहेको जनाइएको छ। संक्रमणको फैलावट रोक्न नगर विपद् व्यवस्थापन समितिको निर्णयअनुसार प्रभावित क्षेत्रबाट कुखुरा तथा कुखुराजन्य पदार्थ—अण्डा, मासु र चल्ला—को ओसारपसार अर्को सूचना जारी नभएसम्म पूर्ण रूपमा बन्द गरिएको छ।

 

त्यस्तै, कुखुरा अस्वाभाविक रूपमा बिरामी परे वा अचानक मरेमा तत्काल पशुपन्छी विकास शाखामा जानकारी गराउन आग्रह गरिएको छ। कुखुरा पालक कृषकलाई फार्ममा अनावश्यक व्यक्तिको प्रवेश रोक्न र प्रवेश तथा निस्कने स्थानमा अनिवार्य रूपमा डिसइन्फेक्टेन्ट प्रयोग गर्न पनि निर्देशन दिइएको छ।

नगरपालिकाले सर्वसाधारणलाई मृत वा बिरामी कुखुरा नछुन, व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिन र संक्रमित कुखुराको सुरक्षित व्यवस्थापन गर्न अनुरोध गरेको छ।

स्थानीय बजार तथा कुखुरा पसलहरूले सम्बन्धित निकायबाट जारी निर्देशनको पूर्ण पालना गर्नुपर्ने उल्लेख गरिएको छ भने संक्रमण नियन्त्रणमा सबै नगरवासीको सहयोग आवश्यक रहेको नगरपालिकाले जनाएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

मानव–वन्यजन्तु द्वन्द्व समाधानमा राजनीतिक दलहरू गम्भीर हुनुपर्छः गगन थापा

काठमाडौं,१ साउन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मानव–वन्यजन्तु द्वन्द्व नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण विषय भएकाले यसको समाधान राजनीतिक दलहरूको प्राथमिकतामा पर्नुपर्ने बताउनु भएको

पूर्वअर्थमन्त्री पौडेललाई साधारण तारेखमा छाड्न अदालतको आदेश

काठमाडौं,१ साउन । विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई साधारण तारेखमा छाड्न आदेश दिएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा प्रतिवादी बनाइनु भएको

कोशी मन्त्रिपरिषद्का तीन निर्णय

विराटनगर ,१ असार।  कोशी प्रदेश सरकारले ग्रामीण सडक आयोजना, सार्वजनिक खरिद प्रक्रिया र ‘म अघि बढ्छु’ कार्यक्रमसँग सम्बन्धित तीन महत्वपूर्ण प्रस्ताव स्वीकृत गरेको छ ।

सरकार र मिटरब्याज पीडितबीच ९ बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडौं,१ साउन । विगत ९ दिनदेखि जारी मिटरब्याज विरुद्धको आन्दोलन अन्ततः स्थगित भएको छ । मिटरब्याज पीडित पक्ष र सरकारबीच आज ९ बुँदे सहमति भएसँगै

हराएको वा बिग्रेको सिमको अनलाइनबाटै आवेदन दिन सकिने

काठमाडौं ,१ असार। नेपाल टेलिकमले हराएको वा बिग्रेको सिमकार्डको सट्टा नयाँ सिम लिनका लागि अनलाइनबाटै आवेदन दिन सकिने नयाँ सेवा सञ्चालनमा ल्याएको छ। टेलिकमले शुक्रबार

राष्ट्र बैंक ऐन संशोधन विधेयकमा खुला छलफल गर्न सरकार तयारः अर्थमन्त्री

काठमाडौँ,१ साउन । प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको शुक्रबार बसेको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न ल्याइएको विधेयकमाथि दफावार छलफल गरिएको छ ।