झापामा लागू औषधका मुख्य कारोबारीसम्म प्रहरी किन पुग्दैन ?

सिमानामा कडाइ गरिएको दाबी गरिए पनि कारोबारीहरूको सञ्जाल भने अझै सक्रिय देखिन्छ।

दमक| ९ चैत | खुल्ला सिमाना, सिमानाकामा कडाइका प्रयास, तर लागुऔषध कारोबार भने झन् संगठित बन्दै ।

प्रहरीको नियमित निगरानीका बाबजुद पनि मुख्य कारोबारीसम्म पुग्न नसक्दा समस्या ज्यूँका त्यूँ रहेको भन्दै प्रश्न उठ्न थालेका छन्।

यही सन्दर्भमा जिल्ला प्रहरी कार्यालय झापाका अनुसार, आइतबार साझ  मेचीनगर नगरपालिका–६, पुरानो मेची पुल क्षेत्रमा लागुऔषधसहित एक जना व्यक्ति नियन्त्रणमा लिइएका छन्।

लागुऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतको पानीटंकीबाट सिटि सफारी चढेर नेपालतर्फ आइरहेका सर्लाही ईश्वरपुर नगरपालिका–४ का ३१ वर्षीय सनम बुर्जा मगरलाई शंकास्पद अवस्थामा रोकी जाँच गरेको थियो।

शरीर तलासीका क्रममा उनीसँगबाट खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ। डिजिटल तराजुमा नाप्दा प्लास्टिकसहित ८७ ग्राम ५४० मिलिग्राम र प्लास्टिक बाहेक ७३ ग्राम ७७० मिलिग्राम लागुऔषध बरामद भएको छ। उनलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट थप अनुसन्धान भइरहेको छ।

 

तर, यस्ता घटनाले एउटा गम्भीर प्रश्न फेरि उठाएको छ,
के प्रहरीले साना कारोबारी मात्र समातिरहेको छ?
किनकि खुल्ला सिमानाको फाइदा उठाउँदै भारत–नेपाल नाका हुँदै लागुऔषधको ओसारपसार सहज बनेको छ।

सिमानामा कडाइ गरिएको दाबी गरिए पनि कारोबारीहरूको सञ्जाल भने अझै सक्रिय देखिन्छ।

स्थानीय र सरोकारवाला निकायहरू भन्छन्  औपचारिकताका लागि साना कारोबारी  पक्राउ गर्नु मात्रै समाधान होइन। मुख्य योजनाकार, लगानीकर्ता र नेटवर्क सञ्चालन गर्ने ठूला कारोबारीसम्म प्रहरी पुग्न नसक्दा यो समस्या झन् गहिरिँदै गएको छ।

यसैले निगरानी मात्र होइन, खुफिया सूचना प्रणाली बलियो बनाउँदै जरा समातेर सञ्जाल नै ध्वस्त पार्ने रणनीति आवश्यक रहेको सरोकारवालाको सुझाब छ ।

 

अन्यथा, पक्राउका खबरहरू त आइरहनेछन् तर लागुऔषधको व्यापार रोकिने संकेत भने देखिने छैन ।

तस्बिर : ए आई

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

मानव–वन्यजन्तु द्वन्द्व समाधानमा राजनीतिक दलहरू गम्भीर हुनुपर्छः गगन थापा

काठमाडौं,१ साउन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मानव–वन्यजन्तु द्वन्द्व नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण विषय भएकाले यसको समाधान राजनीतिक दलहरूको प्राथमिकतामा पर्नुपर्ने बताउनु भएको

पूर्वअर्थमन्त्री पौडेललाई साधारण तारेखमा छाड्न अदालतको आदेश

काठमाडौं,१ साउन । विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई साधारण तारेखमा छाड्न आदेश दिएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा प्रतिवादी बनाइनु भएको

कोशी मन्त्रिपरिषद्का तीन निर्णय

विराटनगर ,१ असार।  कोशी प्रदेश सरकारले ग्रामीण सडक आयोजना, सार्वजनिक खरिद प्रक्रिया र ‘म अघि बढ्छु’ कार्यक्रमसँग सम्बन्धित तीन महत्वपूर्ण प्रस्ताव स्वीकृत गरेको छ ।

सरकार र मिटरब्याज पीडितबीच ९ बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडौं,१ साउन । विगत ९ दिनदेखि जारी मिटरब्याज विरुद्धको आन्दोलन अन्ततः स्थगित भएको छ । मिटरब्याज पीडित पक्ष र सरकारबीच आज ९ बुँदे सहमति भएसँगै

हराएको वा बिग्रेको सिमको अनलाइनबाटै आवेदन दिन सकिने

काठमाडौं ,१ असार। नेपाल टेलिकमले हराएको वा बिग्रेको सिमकार्डको सट्टा नयाँ सिम लिनका लागि अनलाइनबाटै आवेदन दिन सकिने नयाँ सेवा सञ्चालनमा ल्याएको छ। टेलिकमले शुक्रबार

राष्ट्र बैंक ऐन संशोधन विधेयकमा खुला छलफल गर्न सरकार तयारः अर्थमन्त्री

काठमाडौँ,१ साउन । प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको शुक्रबार बसेको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न ल्याइएको विधेयकमाथि दफावार छलफल गरिएको छ ।