अन्धकार बस्तीमा बल्यो बिजुली

७ महिनासम्म यी बस्तीका नागरिक अँध्यारोमा दिन बिताउँदै आएका थिए ।

बाजुरा | ९ चैत | बाजुराको सर्वाधिक विकट हिमाली गाउँपालिकाका अधिकांश अन्धकार बस्ती आठ महिना पछि झिलिमिली बनेका छन् । गत साउन २८ गते बिच्छ्या खोलामा आएको बाढीले कवाडी लघुजल विद् युतको नहर बगेपछि यहाँका अधिकांश गाउँ बस्ती अन्धकार थिए ।

 

लामो समयसम्म अन्धकार बनेका यहाँका अधिकांश बस्तीमा सात महिनापछि पुनस् विद्युत् सेवा आपूर्ति भएको हो । विच्छ्या खोलामा आएको बाढीले विद्युत् नहरसँगै स्थानीका घरजग्गा बगाएर करोडौँको क्षति समेत गरेको थियो।हिमाली गाउँपालिका र खत्याड गाउँपालिका बिच सम्झौता भई धुला चौर लगायतका बस्तीमा बिजुली सञ्चालनमा आएको हो ।

अविरल वर्षाका कारण कुवासी खोला जलविद्युत योजना अवरुद्ध हुँदा गाउँपालिका केन्द्र धुला चौरसहित वडा।नम्बर ४ फैति,बोर्ता, वडा नं ५ रुँगिन, नदा पाटा र वडा नं ६ धिमा बस्तीमा विद्युत् सेवा प्रभावित बनेको थियो ।

७ महिनासम्म यी बस्तीका नागरिक अँध्यारोमा दिन बिताउँदै आएका थिए । अहिले हिमाली गाउँपालिकाको विशेष पहलमा अवरुद्ध विद्युत् सेवा सुचारु गरिएको हो ।

विद्युत् अवरुद्ध भए यता यहाँका नागरिकले सोलार, टुक्की र मैनबत्ती बाल्ने गरेका थिए ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

मानव–वन्यजन्तु द्वन्द्व समाधानमा राजनीतिक दलहरू गम्भीर हुनुपर्छः गगन थापा

काठमाडौं,१ साउन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मानव–वन्यजन्तु द्वन्द्व नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण विषय भएकाले यसको समाधान राजनीतिक दलहरूको प्राथमिकतामा पर्नुपर्ने बताउनु भएको

पूर्वअर्थमन्त्री पौडेललाई साधारण तारेखमा छाड्न अदालतको आदेश

काठमाडौं,१ साउन । विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई साधारण तारेखमा छाड्न आदेश दिएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा प्रतिवादी बनाइनु भएको

कोशी मन्त्रिपरिषद्का तीन निर्णय

विराटनगर ,१ असार।  कोशी प्रदेश सरकारले ग्रामीण सडक आयोजना, सार्वजनिक खरिद प्रक्रिया र ‘म अघि बढ्छु’ कार्यक्रमसँग सम्बन्धित तीन महत्वपूर्ण प्रस्ताव स्वीकृत गरेको छ ।

सरकार र मिटरब्याज पीडितबीच ९ बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडौं,१ साउन । विगत ९ दिनदेखि जारी मिटरब्याज विरुद्धको आन्दोलन अन्ततः स्थगित भएको छ । मिटरब्याज पीडित पक्ष र सरकारबीच आज ९ बुँदे सहमति भएसँगै

हराएको वा बिग्रेको सिमको अनलाइनबाटै आवेदन दिन सकिने

काठमाडौं ,१ असार। नेपाल टेलिकमले हराएको वा बिग्रेको सिमकार्डको सट्टा नयाँ सिम लिनका लागि अनलाइनबाटै आवेदन दिन सकिने नयाँ सेवा सञ्चालनमा ल्याएको छ। टेलिकमले शुक्रबार

राष्ट्र बैंक ऐन संशोधन विधेयकमा खुला छलफल गर्न सरकार तयारः अर्थमन्त्री

काठमाडौँ,१ साउन । प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको शुक्रबार बसेको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न ल्याइएको विधेयकमाथि दफावार छलफल गरिएको छ ।