रामेछाप, ९ चैत।रामेछापको खाँडादेवी गाउँपालिका–६ माकादुममा सोमबार बिहान यात्रुवाहक सुमो दुर्घटना हुँदा चालकसहित ६ जना घाइते भएका छन्। खाँडादेवी–७ टिमुबाट काठमाडौँतर्फ जाँदै गरेको बा.प्र. ०८–००१ ज ०२२४ नम्बरको सुमो अनियन्त्रित भई दुर्घटनामा परेको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ। गम्भीर घाइते अन्दाजी ६० वर्षीया ठुली तामाङ, ४५ वर्षीया रिता तामाङ र ४८ वर्षीया सुनमाया तामाङलाई थप उपचारका लागि तत्काल काठमाडौँ पठाइएको छ। अन्य घाइतेहरूको स्थानीय स्तरमै उपचार भइरहेको छ।
प्रहरीले सुमो चालक अन्दाजी २५ वर्षीय किशोर कार्कीलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान सुरु गरेको जनाएको छ। दुर्घटनाको कारण भने खुल्न बाँकी रहेको छ।









