काठमाडौं,९ चैत । सामाजिक अभियन्ता नेल्शन घतानी लगायतले इनिशा विकको न्यायको माग गर्दै हस्ताक्षर संकलन गर्नु भएको छ । सोमबार काठमाडौंको माइतीघरमा अभियन्ता घतानी लगायत तीन जनाले इनिशा विकको न्यायको माग गर्दै हस्ताक्षर संकलन गर्नु भएको हो ।
उहाँहरुले १७ वर्षीया इनिशा विकको न्यायका लागि महिला तथा दलितमाथि बलात्कार र हत्या अन्त्य गर ,पीडितलाई न्याय दे, बलात्कारीलाई फाँसी दिने कानुन बनाउ लेखिएको ब्यानर प्रदर्शनगरी ब्यानरमा हस्ताक्षर संकलन कार्यक्रम गर्नु भएको छ ।
उहाँहरूले दोषीमाथि कडा कारबाहीको माग गर्दै यस्ता घटनाको अन्त्यका लागि राज्यले प्रभावकारी कदम चाल्नुपर्ने बताउनु भएको छ्।
तस्बीरहरु:
















