नेपालको खाद्यान्न आयातमा बढ्दो परनिर्भरता

काठमाडौं,९ चैत । पछिल्लो समय नेपालको खाद्यान्न आयातमा परनिर्भरता झन् बढ्दै गएको पाइएको छ । चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो आठ महिनाको तथ्यांकअनुसार धान–चामल, मकै, स्याउ र तरकारी जस्ता दैनिक उपभोग्य वस्तुहरूको आयातमा अघिल्लो वर्षको तुलनामा उल्लेख्य वृद्धि भएको छ ।

भन्सार विभागको तुलनात्मक तथ्यांकअनुसार यस अवधिमा सबैभन्दा बढी आयात हुने खाद्य वस्तुमा चामल (धान, चामल र बासमतीसहित) अग्रस्थानमा रहेको छ । गत आर्थिक वर्ष २०८१÷८२ को पहिलो आठ महिनामा २४ अर्ब ३६ करोड रुपैयाँको चामल आयात भएकोमा यस वर्ष १४.६ प्रतिशतले वृद्धि भई २७ अर्ब ९१ करोड रुपैयाँ पुगेको छ । यो अघिल्लो वर्षको तुलनामा ३ अर्ब ५५ करोड रुपैयाँले बढी हो ।

त्यस्तै, फलफूल तर्फ स्याउको आयातमा पनि १५.५ प्रतिशतको बढोत्तरी देखिएको छ । गत वर्ष ७ अर्ब २ करोडको स्याउ भित्रिएकोमा यस वर्ष ८ अर्ब ११ करोड रुपैयाँ बराबरको स्याउ आयात भएको छ । अन्न बालीअन्तर्गत मकैको आयात पनि ७ अर्ब ९० करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा १ अर्ब २ करोड (१४.८ प्रतिशत) ले बढी हो ।

भान्सामा दैनिक प्रयोग हुने आलु र प्याजको आयात तथ्यांक पनि उस्तै चुनौतीपूर्ण छ । आठ महिनाको अवधिमा ६ अर्ब ७९ करोड रुपैयाँको आलु आयात भएको छ, जुन गत वर्षको तुलनामा १४.३ प्रतिशतले बढी हो । सबैभन्दा उच्च प्रतिशतको वृद्धि प्याजमा देखिएको छ । प्याजको आयात १९.७ प्रतिशतले बढेर ४ अर्ब ९२ करोड रुपैयाँ पुगेको छ ।

यी तथ्यांकहरूले नेपाल कृषि प्रधान देश भएतापनि आधारभूत खाद्यान्नमा समेत विदेशी बजारमा निर्भर हुनुपर्ने अवस्थालाई थप प्रष्ट पारेका छन् । उत्पादन बढाउने सरकारी नीति र दाबीका बाबजुद आयातको ग्राफ उकालो लाग्नुले मुलुकको व्यापार घाटा न्यूनिकरणमा ठूलो चुनौती थपिएको छ । विशेषगरी चामल, मकै र तरकारी जस्ता वस्तुमा भएको यो वृद्धिले स्वदेशी उत्पादन र बजार व्यवस्थापनमा गम्भीर प्रश्न खडा गरेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

मानव–वन्यजन्तु द्वन्द्व समाधानमा राजनीतिक दलहरू गम्भीर हुनुपर्छः गगन थापा

काठमाडौं,१ साउन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मानव–वन्यजन्तु द्वन्द्व नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण विषय भएकाले यसको समाधान राजनीतिक दलहरूको प्राथमिकतामा पर्नुपर्ने बताउनु भएको

पूर्वअर्थमन्त्री पौडेललाई साधारण तारेखमा छाड्न अदालतको आदेश

काठमाडौं,१ साउन । विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई साधारण तारेखमा छाड्न आदेश दिएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा प्रतिवादी बनाइनु भएको

कोशी मन्त्रिपरिषद्का तीन निर्णय

विराटनगर ,१ असार।  कोशी प्रदेश सरकारले ग्रामीण सडक आयोजना, सार्वजनिक खरिद प्रक्रिया र ‘म अघि बढ्छु’ कार्यक्रमसँग सम्बन्धित तीन महत्वपूर्ण प्रस्ताव स्वीकृत गरेको छ ।

सरकार र मिटरब्याज पीडितबीच ९ बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडौं,१ साउन । विगत ९ दिनदेखि जारी मिटरब्याज विरुद्धको आन्दोलन अन्ततः स्थगित भएको छ । मिटरब्याज पीडित पक्ष र सरकारबीच आज ९ बुँदे सहमति भएसँगै

हराएको वा बिग्रेको सिमको अनलाइनबाटै आवेदन दिन सकिने

काठमाडौं ,१ असार। नेपाल टेलिकमले हराएको वा बिग्रेको सिमकार्डको सट्टा नयाँ सिम लिनका लागि अनलाइनबाटै आवेदन दिन सकिने नयाँ सेवा सञ्चालनमा ल्याएको छ। टेलिकमले शुक्रबार

राष्ट्र बैंक ऐन संशोधन विधेयकमा खुला छलफल गर्न सरकार तयारः अर्थमन्त्री

काठमाडौँ,१ साउन । प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको शुक्रबार बसेको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न ल्याइएको विधेयकमाथि दफावार छलफल गरिएको छ ।