प्रसूति केन्द्रको भवन सञ्चालनमा नआई भत्कियो

रामेछाप,९चैत । रामेछापको सुनापति गाउँपालिका– १ गुन्सीमा निर्माण गरिएको प्रसूति केन्द्रको भवन सञ्चालनमा नआई भत्किएको छ ।
संघीय सरकारको बजेट करिब २ करोडको लागतमा निर्माण भएको सो भवन प्रयोगमा नआई भत्किएको हो ।

स्वास्थ्य चौकीको भवनको तल्लोपट्टिको चौर खारेर बनाइएको भवनको मुनि खनिएको सडक र माथिबाट खारेको दुवैतिरबाट पहिरो चलेपछि पहिरोले तानेर र पुरिएर भवन भत्किएको हो । दुई तल्ले सो भवनको जगदेखिको भाग पहिरोको कारण भत्किएर चिरा–चिरा परेको छ । भवनको माथिबाट पनि पहिरो झरेर भवनमा क्षति पुर्याएको छ । सो भवनसँगै रहेको शौचालयको पर्खाल चिरिएर भत्कन ठिक्क परेको छ ।

शौचालयको भवन जगसहित बगेको छ । वडाध्यक्ष ध्रुव चौलागाईँ भन्नुहुन्छ गत वर्ष र यस वर्षको वर्षाका कारण भवन बनाएको ठाउँ बगेको हो । नयाँ बनेको भवन प्रयोग गर्न नपाई क्षति पुगेपछि साँघुरो कोठामा प्रसूति केन्द्र सञ्चालन गर्नुपरेका छ । ‘यो भवनमा छिर्न सक्ने अवस्था नै छैन, हामीलाई एउटा भवनको अति आवश्यक छ,’ चौलागाईँ भन्नुहुन्छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

मानव–वन्यजन्तु द्वन्द्व समाधानमा राजनीतिक दलहरू गम्भीर हुनुपर्छः गगन थापा

काठमाडौं,१ साउन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मानव–वन्यजन्तु द्वन्द्व नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण विषय भएकाले यसको समाधान राजनीतिक दलहरूको प्राथमिकतामा पर्नुपर्ने बताउनु भएको

पूर्वअर्थमन्त्री पौडेललाई साधारण तारेखमा छाड्न अदालतको आदेश

काठमाडौं,१ साउन । विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई साधारण तारेखमा छाड्न आदेश दिएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा प्रतिवादी बनाइनु भएको

कोशी मन्त्रिपरिषद्का तीन निर्णय

विराटनगर ,१ असार।  कोशी प्रदेश सरकारले ग्रामीण सडक आयोजना, सार्वजनिक खरिद प्रक्रिया र ‘म अघि बढ्छु’ कार्यक्रमसँग सम्बन्धित तीन महत्वपूर्ण प्रस्ताव स्वीकृत गरेको छ ।

सरकार र मिटरब्याज पीडितबीच ९ बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडौं,१ साउन । विगत ९ दिनदेखि जारी मिटरब्याज विरुद्धको आन्दोलन अन्ततः स्थगित भएको छ । मिटरब्याज पीडित पक्ष र सरकारबीच आज ९ बुँदे सहमति भएसँगै

हराएको वा बिग्रेको सिमको अनलाइनबाटै आवेदन दिन सकिने

काठमाडौं ,१ असार। नेपाल टेलिकमले हराएको वा बिग्रेको सिमकार्डको सट्टा नयाँ सिम लिनका लागि अनलाइनबाटै आवेदन दिन सकिने नयाँ सेवा सञ्चालनमा ल्याएको छ। टेलिकमले शुक्रबार

राष्ट्र बैंक ऐन संशोधन विधेयकमा खुला छलफल गर्न सरकार तयारः अर्थमन्त्री

काठमाडौँ,१ साउन । प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको शुक्रबार बसेको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न ल्याइएको विधेयकमाथि दफावार छलफल गरिएको छ ।