नेप्से सामान्य सुधार सहित बन्द

काठमाडौं,९ चैत । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। दिनभर अधिकांश समय नकारात्मक रहेको बजार अन्तिम समयमा सुधारिँदै ५.०१ अंकले बढेर २९३६.५६ विन्दुमा पुगेको हो। यस दिन सेन्सेटिभ इण्डेक्स ०.२८ अंकले घट्दा फ्लोट इण्डेक्स ०.२७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०३ अंकले बढेका छन्। अघिल्ला दुई दिन उच्च वृद्धि भएको बजारमा सोमबार इन्ट्रा–डे करेक्सन देखिएको थियो।

 

कारोबार रकम भने घटेको छ। आइतबार २३ अर्ब ५९ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा सोमबार १५ अर्ब ७८ करोड रुपैयाँमा सीमित भयो। कुल ३४२ स्टकको १ लाख ५६ हजारभन्दा बढी कारोबारबाट ३ करोड ८० लाख कित्ता शेयर किनबेच भएका छन्। यस दिन सालपा विकास बैंक, रिलायन्स स्पिनिङ्ग मिल्स, सोलु हाइड्रोपावर र भुजुङ्ग हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा पुगेका छन्। मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर र होटल फरेष्ट इन करिब १० प्रतिशतले बढ्दा फस्ट माइक्रोफाइनान्सको मूल्य पनि करिब ९ प्रतिशतले उकालो लागेको छ।

 

कारोबार रकमका आधारमा कुमारी बैंक अग्रस्थानमा रहँदा शिवम् सिमेन्ट्स र नेशनल हाइड्रोपावर कम्पनी पनि उच्च कारोबार हुने सूचीमा परेका छन्। १३ उपसमूह मध्ये ७ उपसमूह बढ्दा ६ उपसमूह घटेका छन्। उत्पादन तथा प्रशोधन उपसमूह सबैभन्दा बढी १.५३ प्रतिशतले बढेको छ भने जलविद्युत र म्युचुअल फण्ड उपसमूहमा पनि करिब १ प्रतिशतको वृद्धि देखिएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

मानव–वन्यजन्तु द्वन्द्व समाधानमा राजनीतिक दलहरू गम्भीर हुनुपर्छः गगन थापा

काठमाडौं,१ साउन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मानव–वन्यजन्तु द्वन्द्व नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण विषय भएकाले यसको समाधान राजनीतिक दलहरूको प्राथमिकतामा पर्नुपर्ने बताउनु भएको

पूर्वअर्थमन्त्री पौडेललाई साधारण तारेखमा छाड्न अदालतको आदेश

काठमाडौं,१ साउन । विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई साधारण तारेखमा छाड्न आदेश दिएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा प्रतिवादी बनाइनु भएको

कोशी मन्त्रिपरिषद्का तीन निर्णय

विराटनगर ,१ असार।  कोशी प्रदेश सरकारले ग्रामीण सडक आयोजना, सार्वजनिक खरिद प्रक्रिया र ‘म अघि बढ्छु’ कार्यक्रमसँग सम्बन्धित तीन महत्वपूर्ण प्रस्ताव स्वीकृत गरेको छ ।

सरकार र मिटरब्याज पीडितबीच ९ बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडौं,१ साउन । विगत ९ दिनदेखि जारी मिटरब्याज विरुद्धको आन्दोलन अन्ततः स्थगित भएको छ । मिटरब्याज पीडित पक्ष र सरकारबीच आज ९ बुँदे सहमति भएसँगै

हराएको वा बिग्रेको सिमको अनलाइनबाटै आवेदन दिन सकिने

काठमाडौं ,१ असार। नेपाल टेलिकमले हराएको वा बिग्रेको सिमकार्डको सट्टा नयाँ सिम लिनका लागि अनलाइनबाटै आवेदन दिन सकिने नयाँ सेवा सञ्चालनमा ल्याएको छ। टेलिकमले शुक्रबार

राष्ट्र बैंक ऐन संशोधन विधेयकमा खुला छलफल गर्न सरकार तयारः अर्थमन्त्री

काठमाडौँ,१ साउन । प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको शुक्रबार बसेको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न ल्याइएको विधेयकमाथि दफावार छलफल गरिएको छ ।