सडक सुरक्षा अभियान कडा

रौतहट, ९ चैत । रौतहटको गरुडा क्षेत्रमा सडक सुरक्षालाई मजबुत बनाउन र सवारी दुर्घटना न्यूनीकरण गर्न सवारी साधन चेकजाँच अभियानलाई तीव्र पारिएको छ । यातायात व्यवस्था कार्यालय रौतहट, इलाका प्रहरी कार्यालय गरुडा र अस्थायी ट्राफिक पोस्ट गरुडाको संयुक्त पहलमा सोमबार बिहानैदेखि विशेष अपरेसन चलाइएको छ।

 

अभियानका क्रममा सडकमा गुड्ने सवारी साधनहरूलाई रोकी चालकहरूको अनुमतिपत्र (लाइसेन्स), सवारी दर्ता किताब (ब्लु–बुक) लगायतका आवश्यक कागजातहरूको सूक्ष्म जाँच गरिएको थियो । साथै, ट्राफिक नियमको महत्त्वबारे चालक र सह–चालकहरूलाई स्थलगत सचेतना समेत प्रदान गरिएको छ ।

 

चेकजाँचका क्रममा कागजात साथमा नबोक्ने र ट्राफिक नियम उल्लंघन गर्ने चालकहरूलाई पहिलो पटकका लागि सम्झाइ–बुझाइ गरी छोडिएको प्रहरीले बताएको छ । तर, आगामी दिनमा नियम उल्लंघन गरेको पाइएमा कानुन बमोजिम कडा कारबाही गरिने चेतावनी सम्बन्धित निकायले दिएको छ ।

 

सडक सुरक्षा कायम गराउन यातायात अधिकृत कामेश्वर साह र अस्थायी ट्राफिक पोस्ट गरुडाका प्रहरी सहायक निरीक्षक (असई) उपेन्द्र कुमार यादव आफैं सडकमा खटिएका थिए। ‘हाम्रो मुख्य उद्देश्य दुर्घटना न्यूनीकरण गर्नु र चालकहरूलाई जिम्मेवार बनाउनु हो,’ अनुगमनका क्रममा अधिकारीहरूले बताएका छन् ।

 

पछिल्लो समय गरुडा खण्डमा बढ्दो सवारी चापलाई मध्यनजर गर्दै ट्राफिक नियम पालनामा कडाइ गर्न यो सक्रियता देखाइएको हो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

मानव–वन्यजन्तु द्वन्द्व समाधानमा राजनीतिक दलहरू गम्भीर हुनुपर्छः गगन थापा

काठमाडौं,१ साउन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मानव–वन्यजन्तु द्वन्द्व नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण विषय भएकाले यसको समाधान राजनीतिक दलहरूको प्राथमिकतामा पर्नुपर्ने बताउनु भएको

पूर्वअर्थमन्त्री पौडेललाई साधारण तारेखमा छाड्न अदालतको आदेश

काठमाडौं,१ साउन । विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई साधारण तारेखमा छाड्न आदेश दिएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा प्रतिवादी बनाइनु भएको

कोशी मन्त्रिपरिषद्का तीन निर्णय

विराटनगर ,१ असार।  कोशी प्रदेश सरकारले ग्रामीण सडक आयोजना, सार्वजनिक खरिद प्रक्रिया र ‘म अघि बढ्छु’ कार्यक्रमसँग सम्बन्धित तीन महत्वपूर्ण प्रस्ताव स्वीकृत गरेको छ ।

सरकार र मिटरब्याज पीडितबीच ९ बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडौं,१ साउन । विगत ९ दिनदेखि जारी मिटरब्याज विरुद्धको आन्दोलन अन्ततः स्थगित भएको छ । मिटरब्याज पीडित पक्ष र सरकारबीच आज ९ बुँदे सहमति भएसँगै

हराएको वा बिग्रेको सिमको अनलाइनबाटै आवेदन दिन सकिने

काठमाडौं ,१ असार। नेपाल टेलिकमले हराएको वा बिग्रेको सिमकार्डको सट्टा नयाँ सिम लिनका लागि अनलाइनबाटै आवेदन दिन सकिने नयाँ सेवा सञ्चालनमा ल्याएको छ। टेलिकमले शुक्रबार

राष्ट्र बैंक ऐन संशोधन विधेयकमा खुला छलफल गर्न सरकार तयारः अर्थमन्त्री

काठमाडौँ,१ साउन । प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको शुक्रबार बसेको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न ल्याइएको विधेयकमाथि दफावार छलफल गरिएको छ ।