सिंहदरबारमा मन्त्री स्वागत तयारी

काठमाडौं,९ चैत । सिंहदरबार भित्रका मन्त्रालयहरू अहिले नयाँ मन्त्रीको स्वागतका लागि सजिन थालेका छन्। गेटदेखि कार्यकक्षसम्म इनडोर प्लान्टका गमला राखेर परिसर हरियाली र आकर्षक बनाइएको छ। कतिपय मन्त्रालयमा कर्मचारीहरू मन्त्रीको कार्यकक्ष व्यवस्थित गर्ने काममा व्यस्त देखिन्छन्।

 

वसन्त ऋतुको फूलले सिंहदरबारको वातावरण पहिले नै रंगीन बनाइरहेका बेला अहिलेको सजावटले थप आकर्षण दिएको छ। कतिपय स्थानमा भने जेनजी आन्दोलनका क्रममा क्षति पुगेका संरचनाहरू पनि मर्मत र पुनः सजावट भइरहेका छन्।

 

निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भइसकेको र नयाँ सरकार गठनको तयारी अघि बढिरहेको अवस्थामा मन्त्रालयहरूमा चहलपहल बढ्न थालेको हो। विभिन्न मन्त्रालयका अधिकारीहरूका अनुसार मन्त्री नहुँदा केही नीतिगत काम प्रभावित भए पनि प्रशासनिक काम भने निरन्तर चलिरहेको छ।

 

अब केही दिनमै नयाँ मन्त्रीहरू आउने अपेक्षासहित सिंहदरबारका कार्यालयहरू फेरि सक्रिय हुने तयारीमा छन्।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

मानव–वन्यजन्तु द्वन्द्व समाधानमा राजनीतिक दलहरू गम्भीर हुनुपर्छः गगन थापा

काठमाडौं,१ साउन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मानव–वन्यजन्तु द्वन्द्व नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण विषय भएकाले यसको समाधान राजनीतिक दलहरूको प्राथमिकतामा पर्नुपर्ने बताउनु भएको

पूर्वअर्थमन्त्री पौडेललाई साधारण तारेखमा छाड्न अदालतको आदेश

काठमाडौं,१ साउन । विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई साधारण तारेखमा छाड्न आदेश दिएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा प्रतिवादी बनाइनु भएको

कोशी मन्त्रिपरिषद्का तीन निर्णय

विराटनगर ,१ असार।  कोशी प्रदेश सरकारले ग्रामीण सडक आयोजना, सार्वजनिक खरिद प्रक्रिया र ‘म अघि बढ्छु’ कार्यक्रमसँग सम्बन्धित तीन महत्वपूर्ण प्रस्ताव स्वीकृत गरेको छ ।

सरकार र मिटरब्याज पीडितबीच ९ बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडौं,१ साउन । विगत ९ दिनदेखि जारी मिटरब्याज विरुद्धको आन्दोलन अन्ततः स्थगित भएको छ । मिटरब्याज पीडित पक्ष र सरकारबीच आज ९ बुँदे सहमति भएसँगै

हराएको वा बिग्रेको सिमको अनलाइनबाटै आवेदन दिन सकिने

काठमाडौं ,१ असार। नेपाल टेलिकमले हराएको वा बिग्रेको सिमकार्डको सट्टा नयाँ सिम लिनका लागि अनलाइनबाटै आवेदन दिन सकिने नयाँ सेवा सञ्चालनमा ल्याएको छ। टेलिकमले शुक्रबार

राष्ट्र बैंक ऐन संशोधन विधेयकमा खुला छलफल गर्न सरकार तयारः अर्थमन्त्री

काठमाडौँ,१ साउन । प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको शुक्रबार बसेको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न ल्याइएको विधेयकमाथि दफावार छलफल गरिएको छ ।