राष्ट्रिय सभा सिफारिसमा विवाद

काठमाडौँ,९ चैत। राष्ट्रपति कार्यालयले राष्ट्रिय सभा सदस्यमा गृहमन्त्री ओमप्रकाश अर्याललाई नियुक्ति गर्ने सरकारको सिफारिस विचाराधीन रहेको प्रस्टोक्ति दिएको छ ।

 

नयाँ सरकार आउने निश्चित प्रक्रिया, अदालतमा परेको रिट र संवैधानिक प्रावधानअनुरुप राष्ट्रिय सभामा अर्यालको सिफारिस विचाराधीन अवस्थामा रहेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले बताउनु भयो । तर, राष्ट्रपति रामचन्द्र पौडेलले आफ्नी छोरी अवज्ञा पौडेलको नाम सिफारिस नभएपछि अर्यालको नियुक्ति रोकिएको समाचार सार्वजनिक भएका छन् ।

निर्वाचन सफलतापूर्वक सम्पन्न गराएकामा धन्यवाद दिन शनिबार बालुवाटार गएका संविधानविदहरुसँग प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सभा सदस्यमा राष्ट्रपतिले छोरीलाई नियुक्ति गर्न नाम खाली राखेर पठाउन भनेको कुरा बताउनु भएको थियो ।
‘राष्ट्रपतिबाट राष्ट्रिय सभा सदस्यका लागि मुख्य सचिवले टिप्पणी उठाएर ल्याउनु, नामचाहिँ खाली राखेर पठाइदिनु, म आफै नाम थपेर सिफारिस अनुमोदन गर्छु,’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै एक वरिष्ठ अधिवक्ताले भनेका थिए । तर यसमा सत्यता नरहेको सल्लाहकार पोखरेलले बताउनु भयो ।

‘सम्माननीय प्रधानमन्त्री ज्यूले त्यस्तो असत्य कुरा बोल्नुभयो भनेर विश्वास लागेको छैन । छोरीको नाम राख्न खोजेको र नाम खाली राखेर पठाउनु भन्ने कुरा असत्य र झुटो हो,’ पोखरेलले भन्नु भयो, ‘जनअभिमत प्राप्त सरकार बन्दै गरेको अवस्था, संवैधानिक प्रावधान र अदालतमा परेको रिट लगायतका परिस्थितिलाई ख्याल गरेर सिफारिस विचाराधीन रहेको छ । त्यसभन्दा बाहेक केही पनि होइन ।’

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

मानव–वन्यजन्तु द्वन्द्व समाधानमा राजनीतिक दलहरू गम्भीर हुनुपर्छः गगन थापा

काठमाडौं,१ साउन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मानव–वन्यजन्तु द्वन्द्व नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण विषय भएकाले यसको समाधान राजनीतिक दलहरूको प्राथमिकतामा पर्नुपर्ने बताउनु भएको

पूर्वअर्थमन्त्री पौडेललाई साधारण तारेखमा छाड्न अदालतको आदेश

काठमाडौं,१ साउन । विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई साधारण तारेखमा छाड्न आदेश दिएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा प्रतिवादी बनाइनु भएको

कोशी मन्त्रिपरिषद्का तीन निर्णय

विराटनगर ,१ असार।  कोशी प्रदेश सरकारले ग्रामीण सडक आयोजना, सार्वजनिक खरिद प्रक्रिया र ‘म अघि बढ्छु’ कार्यक्रमसँग सम्बन्धित तीन महत्वपूर्ण प्रस्ताव स्वीकृत गरेको छ ।

सरकार र मिटरब्याज पीडितबीच ९ बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडौं,१ साउन । विगत ९ दिनदेखि जारी मिटरब्याज विरुद्धको आन्दोलन अन्ततः स्थगित भएको छ । मिटरब्याज पीडित पक्ष र सरकारबीच आज ९ बुँदे सहमति भएसँगै

हराएको वा बिग्रेको सिमको अनलाइनबाटै आवेदन दिन सकिने

काठमाडौं ,१ असार। नेपाल टेलिकमले हराएको वा बिग्रेको सिमकार्डको सट्टा नयाँ सिम लिनका लागि अनलाइनबाटै आवेदन दिन सकिने नयाँ सेवा सञ्चालनमा ल्याएको छ। टेलिकमले शुक्रबार

राष्ट्र बैंक ऐन संशोधन विधेयकमा खुला छलफल गर्न सरकार तयारः अर्थमन्त्री

काठमाडौँ,१ साउन । प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको शुक्रबार बसेको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न ल्याइएको विधेयकमाथि दफावार छलफल गरिएको छ ।