इन्जिनियर किरण केसी नियुक्त उज्यालो नेपालको सिइओ

काठमाडौं,१० चैत । उज्यालो नेपाल पार्टीका केन्द्रीय समिति सदस्य इन्जिनियर किरण केसीलाई पार्टीको प्रमुख कार्यकारी अधिकृत (सिइओ)पदमा नियुक्त गरिएको छ। उक्त निर्णय सोमबार सम्पन्न उच्चस्तरीय बैठकबाट औपचारिक रूपमा घोषणा गरिएको हो ।

 

जसले पार्टीको संगठनात्मक नेतृत्वलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ। इन्जिनियर केसी पार्टीभित्र रणनीतिक योजना तथा संगठन विकासमा सक्रिय र प्रभावशाली भूमिका निर्वाह गर्दै आएका छन्। उहाँको यो नियुक्तिले पार्टीको प्रशासनिक कार्यक्षमता अभिवृद्धि गर्दै समग्र लक्ष्य प्राप्तिमा नयाँ ऊर्जा थप्ने विश्वास गरिएको छ।

 

पार्टीका शीर्ष नेताहरूले उहाँको नेतृत्व क्षमताप्रति पूर्ण विश्वास व्यक्त गर्दै अनुभव, समर्पण र नविन सोचका कारण पार्टीलाई अझ मजबुत बनाउने बताउनु भएको छ्। उहाँको नेतृत्वमा पार्टीले देशव्यापी प्रभाव विस्तार गर्दै जनतासँगको सम्बन्ध अझ सुदृढ बनाउने अपेक्षा गरिएको छ।

 

नियुक्तिपछि आफ्नो पहिलो प्रतिक्रिया दिँदै केसीले आफूलाई दिइएको जिम्मेवारीप्रति आभार व्यक्त गर्दै पार्टी र देशको हितमा समर्पित भएर काम गर्ने प्रतिबद्धता जनाउनु भएको छ्। उहाँले एकता, पारदर्शिता र प्रगतिशील नीतिमार्फत दीर्घकालीन राष्ट्रिय विकासमा योगदान पु¥याउने कुरामा जोड दिनु भएको छ्।

 

उक्त नियुक्ति पार्टीले आगामी राजनीतिक गतिविधिहरूका लागि तयारी गरिरहेको सन्दर्भमा महत्वपूर्ण मानिएको छ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

वैदेशिक रोजगारीमा ठगी गर्नेलाई सरकारको कडा चेतावनी:एकैदिन १९ विरुद्ध पक्राउ पुर्जी, २५ नयाँ मुद्दा दर्ता

काठमाडौँ, १९ असार । वैदेशिक रोजगारीका नाममा सोझासाझा श्रमिकलाई ठग्ने र कानुन उल्लंघन गर्नेहरू माथि सरकारले आफ्नो निगरानी र कारबाहीलाई तीव्र बनाएको छ। वैदेशिक रोजगार

एआई फर गुड ग्लोबल समिटमा भाग लिने नेपाली विद्यार्थी टोलीद्वारा सञ्चारमन्त्रीसँग भेट

काठमाडौँ, १९ असार : संयुक्त राष्ट्रसंघीय एजेन्सी अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आइटियु) ले यहि जुलाई ७ देखि १० सम्म स्वीट्जरल्याण्डमा आयोजना गर्न लागेको ‘एआई फर गुड

खोला किनारका बासिन्दाको दुःख केही समयका लागि मात्रै होः लामिछाने

काठमाडौं,१९ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले खोला किनारमा बसोबास गर्ने नागरिकको व्यवस्थापनका क्रममा केही असहजता भए पनि दीर्घकालीन रूपमा यसको सकारात्मक

अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गरिए जेल भर्ने धवलशम्शेरको चेतावनी

काठमाडौं,१९ असार । नेता धवलशम्शेर राणाले अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुनेगरी कानुन ल्याइए आफूहरू आन्दोलनमा उत्रिने चेतावनी दिनु भएको छ। शुक्रबार पत्रकार सम्मेलनपछि सञ्चारकर्मीसँग कुरा गर्दै

निजामती कर्मचारी अस्पतालको नयाँ सेवा इकाई मन्त्रालयमै सुरु

काठमाडौं,१९ असार । निजामती कर्मचारी अस्पतालको सेवा इकाई सञ्चालनमा आएको छ । आज शुक्रबारदेखि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय भवनको तल्लो तलामा सेवा इकाई

दोषीको सम्पत्ति रोक्का देखि विदेश यात्रामा प्रतिबन्धसम्म

काठमाडौं,१९ असार । सहकारी क्षेत्रलाई थप व्यवस्थित, पारदर्शी र जवाफदेही बनाउन सरकारले विधेयकमार्फत नयाँ प्रक्रिया अगाडि बढाएको छ । सरकारले सहकारी (पहिलो संशोधन) विधेयक, २०८३