अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा व्यापक उतारचढाव, अमेरिका र इरानको विरोधाभासपूर्ण बयान

काठमाडौं, १० चैत । अमेरिका र इरानबीचको विरोधाभासपूर्ण बयानबाजीका कारण सोमबार अन्तर्राष्ट्रिय ऊर्जा बजारमा व्यापक अस्थिरता देखिएको छ ।

कच्चा तेल र प्राकृतिक ग्यासको मूल्यमा एकै दिनमा भारी गिरावट र पुनः वृद्धि देखिएपछि लगानीकर्ताहरूमा अन्योल सिर्जना भएको छ ।
सोमबार कारोबारको सुरुवाती समयमा मध्यपूर्वमा बढ्दो तनावका कारण ब्रेन्ट क्रुडको मूल्यप्रति ब्यारेल ११३ अमेरिकी डलर नाघेको थियो । तर, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग अघिल्लो दुई दिनमा धेरै राम्रो र फलदायी कुराकानी भएको र इरानी पावर स्टेशनहरूमा गर्ने भनिएको आक्रमण पाँच दिनका लागि पछि सारिएको बताएपछि बजारमा नाटकीय परिवर्तन आयो ।
ट्रम्पको बयानलगत्तै लण्डनमा कारोबार हुने ब्रेन्ट क्रुडको मूल्य १० प्रतिशतभन्दा बढीले घटेर प्रति ब्यारेल १०० डलरभन्दा तल झरेको थियो । तर, यो राहत धेरै समय टिक्न सकेन ।

इरानले अमेरिकासँग कुनै पनि प्रकारको वार्ता वा सम्पर्क भएको कुरालाई तुरुन्तै खण्डन गरेपछि बजार फेरि तातियो । इरानको खण्डनपछि ब्रेन्ट क्रुडको मूल्य प्रति ब्यारेल १०५ डलरसम्म पुग्यो र अन्त्यमा १०१ डलर आसपासमा रहेर कारोबार भयो ।
त्यस्तै, अमेरिकी बजारमा वेस्ट टेक्सास इन्टरमिडिएट क्रुडको मूल्य पनि प्रति ब्यारेल ९८ डलरबाट घटेर ८४.३७ डलरसम्म पुगेको थियो ।
तेलसँगै युरोपेली प्राकृतिक ग्यासको मूल्यमा पनि यस्तै उतारचढाव देखियो । युरोपको बेन्चमार्क मानिने डच ‘टीटीएफ’ अप्रिल ग्यास फ्युचर्सप्रति मेगावाट–घण्टा ६३ युरोबाट घटेर ट्रम्पको बयानपछि ५४ युरोमा झरेको थियो । तर इरानको खण्डनपछि यो पुनः ५६ युरो आसपास पुग्यो ।

मुद्रास्फीतिको जोखिम : बजार विश्लेषकहरूका अनुसार ऊर्जा बजार अहिले पूर्ण रूपमा भू–राजनीतिक घटनाक्रममा निर्भर छ । अमेरिका र इरानबीचको यो खिचातानीले गर्दा आउने दिनमा मूल्य अझै अस्थिर रहने देखिएको छ ।
यदि यो तनाव बढ्दै गएमा ऊर्जा आयातमा बढी निर्भर रहेका मुलुकहरू, विशेषगरी युरोपेली अर्थतन्त्रहरूले चर्को महँगी (मुद्रास्फीति) को सामना गर्नुपर्ने चेतावनी विज्ञहरूले दिएका छन् । तेल र ग्यासको मूल्य बढ्दा आयातित वस्तुको लागत बढ्ने र यसले विश्वव्यापी अर्थतन्त्रमै दबाब सिर्जना गर्ने देखिन्छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

मानव–वन्यजन्तु द्वन्द्व समाधानमा राजनीतिक दलहरू गम्भीर हुनुपर्छः गगन थापा

काठमाडौं,१ साउन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मानव–वन्यजन्तु द्वन्द्व नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण विषय भएकाले यसको समाधान राजनीतिक दलहरूको प्राथमिकतामा पर्नुपर्ने बताउनु भएको

पूर्वअर्थमन्त्री पौडेललाई साधारण तारेखमा छाड्न अदालतको आदेश

काठमाडौं,१ साउन । विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई साधारण तारेखमा छाड्न आदेश दिएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा प्रतिवादी बनाइनु भएको

कोशी मन्त्रिपरिषद्का तीन निर्णय

विराटनगर ,१ असार।  कोशी प्रदेश सरकारले ग्रामीण सडक आयोजना, सार्वजनिक खरिद प्रक्रिया र ‘म अघि बढ्छु’ कार्यक्रमसँग सम्बन्धित तीन महत्वपूर्ण प्रस्ताव स्वीकृत गरेको छ ।

सरकार र मिटरब्याज पीडितबीच ९ बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडौं,१ साउन । विगत ९ दिनदेखि जारी मिटरब्याज विरुद्धको आन्दोलन अन्ततः स्थगित भएको छ । मिटरब्याज पीडित पक्ष र सरकारबीच आज ९ बुँदे सहमति भएसँगै

हराएको वा बिग्रेको सिमको अनलाइनबाटै आवेदन दिन सकिने

काठमाडौं ,१ असार। नेपाल टेलिकमले हराएको वा बिग्रेको सिमकार्डको सट्टा नयाँ सिम लिनका लागि अनलाइनबाटै आवेदन दिन सकिने नयाँ सेवा सञ्चालनमा ल्याएको छ। टेलिकमले शुक्रबार

राष्ट्र बैंक ऐन संशोधन विधेयकमा खुला छलफल गर्न सरकार तयारः अर्थमन्त्री

काठमाडौँ,१ साउन । प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको शुक्रबार बसेको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न ल्याइएको विधेयकमाथि दफावार छलफल गरिएको छ ।