संसद् भवनको बहुउद्देश्यीय हलको भौतिक पूर्वाधारको काम सकियो, प्राविधिक काम धमाधम

काठमाडौं, १० चैत । संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले बहुउद्देश्यीय हलको भौतिक पूर्वाधारको काम सम्पन्न भएपनि प्राविधिक काम बाँकी रहेको बताउनु भएको छ ।

मंगलबार नयाँ संसद भवनस्थित बहुउद्देश्यीय हलको अवलोकन गर्दै उहाँले हालको प्राविधिक तयारी भोलि बेलुकासम्म पूरा हुने अपेक्षा गरिएको छ । उहाँले सुरक्षा व्यवस्थापनको काम भने सम्पन्न भइसकेको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘भौतिक पूर्वाधारको काम सकिएपनि प्राविधिक काम बाँकी छ । जुन भोली बेलुकासम्म तयार हुन्छ । सुरक्षाको व्यवस्थापनको काम पनि सकिएको छ । राम्रो र गुणस्तर सेवामा चाँही समस्या देखिएको छ । सभामुखको कुर्सी, सचिवालय स्थानदेखि सबै सानो आकारमा छ ।’
गिरीले सेवा तथा गुणस्तरका केही पक्षमा भने सुधार आवश्यक रहेको उल्लेख गनुभयो ।

उहाँले हालका लागि अर्को विकल्प नभएको स्पष्ट पार्दै प्रतिनिधिसभाको स्थायी हल कहिले निर्माण सम्पन्न हुन्छ भन्ने निश्चित अवस्था नरहेको बताउनुभयो ।
निर्माण कार्य जारी रहेकाले सांसदहरूको सपथ ग्रहण र पहिलो अधिवेशन यही बहुउद्देश्यीय हलमै सञ्चालन हुने सम्भावना रहेको उहाँको भनाइ छ ।
‘हामीसँग अर्को विकल्प थिएन र छैन पनि । प्रतिनिधिसभाको हल कहिले बन्छ भनेर भन्न सकिने अवस्था पनि छैन् । निर्माण कार्य जारी नै छ । सपथ यही र पहिलो अधिवेशन यही नै बित्ने जस्तो देखिन्छ ।’

सिंहदरबारस्थित पुतली बगैँचामा निर्माणाधीन संघीय संसद् भवनको छैटौँपटक म्याद थपेर निर्माणको काम भइरहेको छ ।
२१ फागुनको निर्वाचनबाट प्रतिनिधिसभामा निर्वाचित सांसदले निर्माणाधीन संसद् भवनको बहुउद्देश्यीय हलमा विहीवार शपथ लिंदैछन् । सांसदहरूलाई ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले शपथ गराउने कार्यक्रम छ । केसीले २७४ सांसदलाई शपथ गराउने कार्यसूची तय भैसकेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

मानव–वन्यजन्तु द्वन्द्व समाधानमा राजनीतिक दलहरू गम्भीर हुनुपर्छः गगन थापा

काठमाडौं,१ साउन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मानव–वन्यजन्तु द्वन्द्व नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण विषय भएकाले यसको समाधान राजनीतिक दलहरूको प्राथमिकतामा पर्नुपर्ने बताउनु भएको

पूर्वअर्थमन्त्री पौडेललाई साधारण तारेखमा छाड्न अदालतको आदेश

काठमाडौं,१ साउन । विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई साधारण तारेखमा छाड्न आदेश दिएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा प्रतिवादी बनाइनु भएको

कोशी मन्त्रिपरिषद्का तीन निर्णय

विराटनगर ,१ असार।  कोशी प्रदेश सरकारले ग्रामीण सडक आयोजना, सार्वजनिक खरिद प्रक्रिया र ‘म अघि बढ्छु’ कार्यक्रमसँग सम्बन्धित तीन महत्वपूर्ण प्रस्ताव स्वीकृत गरेको छ ।

सरकार र मिटरब्याज पीडितबीच ९ बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडौं,१ साउन । विगत ९ दिनदेखि जारी मिटरब्याज विरुद्धको आन्दोलन अन्ततः स्थगित भएको छ । मिटरब्याज पीडित पक्ष र सरकारबीच आज ९ बुँदे सहमति भएसँगै

हराएको वा बिग्रेको सिमको अनलाइनबाटै आवेदन दिन सकिने

काठमाडौं ,१ असार। नेपाल टेलिकमले हराएको वा बिग्रेको सिमकार्डको सट्टा नयाँ सिम लिनका लागि अनलाइनबाटै आवेदन दिन सकिने नयाँ सेवा सञ्चालनमा ल्याएको छ। टेलिकमले शुक्रबार

राष्ट्र बैंक ऐन संशोधन विधेयकमा खुला छलफल गर्न सरकार तयारः अर्थमन्त्री

काठमाडौँ,१ साउन । प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको शुक्रबार बसेको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न ल्याइएको विधेयकमाथि दफावार छलफल गरिएको छ ।