नेपालमा ४५५ क्षयरोगी अझै अज्ञात

काठमाडौं,१० चैत । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा.विकास देवकोटाले नेपालमा करिब ४५ प्रतिशत क्षयरोगका बिरामी अझै पहिचान हुन नसकेको बताउनु भएको छ। मंगलबार विश्व क्षयरोग दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले क्षयरोग उपचार गरेर निको पार्न सकिने रोग भए पनि विभिन्न कारणले अझै प्रभावकारी रूपमा पहिचान र उपचारको दायरा विस्तार गर्न नसकिएको उल्लेख गर्नु भएको छ ।

 

उहाँका अनुसार समाजमा अझैपनि केही स्तरमा भेदभाव कायम रहनुका साथै स्वास्थ्य क्षेत्रबाहिरका सरोकारवालाहरूको भूमिका पर्याप्त रूपमा समेट्न नसकिएको अवस्था छ । उहाँले भन्नु भयो, ‘क्षयरोग रोग उपचार गरेर निको हुने रोग हुँदाहुँदै केही कारणले डिस्क्रिमिनेसन हुनसक्छ । सायद स्वास्थ्य भन्दा बाहिरी क्षेत्रले गर्नुपर्ने काम पनि धेरै होलान । जुन हामीले समेट्न सकेका छैनौं । सायद हाम्रा प्रयासहरु अझै नपुगेको होला ।’

 

देवकोटाका अनुसार नेपालमा वार्षिक करिब ६९–७० हजार क्षयरोगी अनुमान गरिए पनि तीमध्ये झण्डै ४५ प्रतिशत बिरामी अझै पहिचान बाहिर छन् । बिरामी पहिचानका लागि विभिन्न नयाँ विधि अपनाइएको उल्लेख गर्दै उनले घरघरमै पुग्ने कार्यक्रम (हाउसहोल्ड सर्वे) सञ्चालनमा रहेको जानकारी दिनु भयो। ‘नेपालमा ४५ प्रतिशत स्टिमेट गरेका छौं । ६९–७० हजारको हाराहारीमा अर्थात ४५ प्रतिशत जति हामीले पहिचान गर्नै सकेका छैनौं । पहिचान गर्ने तरिकाहरु हामीले प्रयोगमा ल्याइरहेका छौं । विभिन्न हाउसहोल्ड कार्यक्रमहरु पनि छन्,’ उहाँले भन्नु भयो।

 

त्यसैगरी, छिटो र प्रभावकारी पहिचानका लागि कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको प्रयोग गरी एक्स–रे परीक्षणलाई समेत विस्तार गरिएको उहाँले बताउनु भयो । यसका लागि आवश्यक बजेटसमेत उपलब्ध रहेको र यसै वर्षदेखि कार्यक्रमलाई तीव्र रूपमा अघि बढाइने उहाँको भनाइ छ । उहाँले विगतका सर्वेक्षणहरूले पनि अपेक्षित सुधार नदेखाएको उल्लेख गर्दै समस्या कहाँ भइरहेको छ भन्ने विषयमा गम्भीर समीक्षा आवश्यक रहेको बताउनु भयो।

 

‘हामीले जति अनुमान गरेका छौं, वास्तवमै त्यति नै केस छन् कि हामीले पहिचान गर्न नसकेको हो भन्नेमा स्पष्ट हुन जरुरी छ,’ उहाँले भन्नु भयो। घरमै बसेर अस्पताल नआउने प्रवृत्ति पनि बिरामी पहिचानमा चुनौती बनेको उहाँले औंल्याउनु भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

वैदेशिक रोजगारीमा ठगी गर्नेलाई सरकारको कडा चेतावनी:एकैदिन १९ विरुद्ध पक्राउ पुर्जी, २५ नयाँ मुद्दा दर्ता

काठमाडौँ, १९ असार । वैदेशिक रोजगारीका नाममा सोझासाझा श्रमिकलाई ठग्ने र कानुन उल्लंघन गर्नेहरू माथि सरकारले आफ्नो निगरानी र कारबाहीलाई तीव्र बनाएको छ। वैदेशिक रोजगार

एआई फर गुड ग्लोबल समिटमा भाग लिने नेपाली विद्यार्थी टोलीद्वारा सञ्चारमन्त्रीसँग भेट

काठमाडौँ, १९ असार : संयुक्त राष्ट्रसंघीय एजेन्सी अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आइटियु) ले यहि जुलाई ७ देखि १० सम्म स्वीट्जरल्याण्डमा आयोजना गर्न लागेको ‘एआई फर गुड

खोला किनारका बासिन्दाको दुःख केही समयका लागि मात्रै होः लामिछाने

काठमाडौं,१९ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले खोला किनारमा बसोबास गर्ने नागरिकको व्यवस्थापनका क्रममा केही असहजता भए पनि दीर्घकालीन रूपमा यसको सकारात्मक

अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गरिए जेल भर्ने धवलशम्शेरको चेतावनी

काठमाडौं,१९ असार । नेता धवलशम्शेर राणाले अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुनेगरी कानुन ल्याइए आफूहरू आन्दोलनमा उत्रिने चेतावनी दिनु भएको छ। शुक्रबार पत्रकार सम्मेलनपछि सञ्चारकर्मीसँग कुरा गर्दै

निजामती कर्मचारी अस्पतालको नयाँ सेवा इकाई मन्त्रालयमै सुरु

काठमाडौं,१९ असार । निजामती कर्मचारी अस्पतालको सेवा इकाई सञ्चालनमा आएको छ । आज शुक्रबारदेखि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय भवनको तल्लो तलामा सेवा इकाई

दोषीको सम्पत्ति रोक्का देखि विदेश यात्रामा प्रतिबन्धसम्म

काठमाडौं,१९ असार । सहकारी क्षेत्रलाई थप व्यवस्थित, पारदर्शी र जवाफदेही बनाउन सरकारले विधेयकमार्फत नयाँ प्रक्रिया अगाडि बढाएको छ । सरकारले सहकारी (पहिलो संशोधन) विधेयक, २०८३