गुलरिया–११ गणेशपुरमा तनावपछि झडप, प्रहरी र स्थानीय आमनेसामने

काठमाडौं,१० चैत । बर्दियाको गुलरिया नगरपालिका–११ गणेशपुरमा स्थानीय आक्रोशपछि स्थिति तनावपूर्ण बनेर प्रहरी–प्रदर्शनकारीबीच झडप भएको छ। घटनामा करिब एक दर्जन प्रहरी घाइते भएका छन् भने ९ जनालाई नियन्त्रणमा लिइएको छ।

दुई युवकको मृत्युको घटनाले स्थानीय क्षेत्रमा आक्रोश चुलिएको हो। सुतिरहेको अवस्थामा बेहोस भएका सुरेश खटिक र बहुरोन खटिकलाई अस्पताल पुर्‍याइए पनि उनीहरूको ज्यान जोगिन सकेन। प्रारम्भिक रूपमा उनीहरूको मृत्यु लागुऔषध सेवनसँग सम्बन्धित भएको आशंका गरिएको छ।यसै विषयलाई लिएर स्थानीयवासीले भारतीय सीमा नाकाबाट लागुऔषध तस्करी खुलेआम भइरहेको आरोप लगाउँदै विरोध प्रदर्शन गर्दै सडक अवरुद्ध गरेका थिए। अवस्था नियन्त्रण बाहिर जाने संकेत देखिएपछि प्रहरी परिचालन गरिएको थियो।

सडक खुलाउने प्रयासका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको हो। तनाव बढेपछि प्रहरीले ९ राउन्ड हवाई फायर गरेको जनाइएको छ। हाल क्षेत्रको अवस्था नियन्त्रणमा रहेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

मानव–वन्यजन्तु द्वन्द्व समाधानमा राजनीतिक दलहरू गम्भीर हुनुपर्छः गगन थापा

काठमाडौं,१ साउन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मानव–वन्यजन्तु द्वन्द्व नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण विषय भएकाले यसको समाधान राजनीतिक दलहरूको प्राथमिकतामा पर्नुपर्ने बताउनु भएको

पूर्वअर्थमन्त्री पौडेललाई साधारण तारेखमा छाड्न अदालतको आदेश

काठमाडौं,१ साउन । विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई साधारण तारेखमा छाड्न आदेश दिएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा प्रतिवादी बनाइनु भएको

कोशी मन्त्रिपरिषद्का तीन निर्णय

विराटनगर ,१ असार।  कोशी प्रदेश सरकारले ग्रामीण सडक आयोजना, सार्वजनिक खरिद प्रक्रिया र ‘म अघि बढ्छु’ कार्यक्रमसँग सम्बन्धित तीन महत्वपूर्ण प्रस्ताव स्वीकृत गरेको छ ।

सरकार र मिटरब्याज पीडितबीच ९ बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडौं,१ साउन । विगत ९ दिनदेखि जारी मिटरब्याज विरुद्धको आन्दोलन अन्ततः स्थगित भएको छ । मिटरब्याज पीडित पक्ष र सरकारबीच आज ९ बुँदे सहमति भएसँगै

हराएको वा बिग्रेको सिमको अनलाइनबाटै आवेदन दिन सकिने

काठमाडौं ,१ असार। नेपाल टेलिकमले हराएको वा बिग्रेको सिमकार्डको सट्टा नयाँ सिम लिनका लागि अनलाइनबाटै आवेदन दिन सकिने नयाँ सेवा सञ्चालनमा ल्याएको छ। टेलिकमले शुक्रबार

राष्ट्र बैंक ऐन संशोधन विधेयकमा खुला छलफल गर्न सरकार तयारः अर्थमन्त्री

काठमाडौँ,१ साउन । प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको शुक्रबार बसेको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न ल्याइएको विधेयकमाथि दफावार छलफल गरिएको छ ।