हुम्ला, १० चैत । हुम्लाको चंखेली गाउँपालिका–५ पोरीगाउँ क्षेत्रमा चितुवाको आक्रमणबाट ठूलो क्षति भएको छ। आइतबार राति गोठभित्र पसेको चितुवाले स्थानीय रतन तामाङको गोठमा रहेका ४५ वटा भेडा मारेको हो।
स्थानीयका अनुसार वन क्षेत्रमा चराएर फर्काइएका भेडालाई गोठभित्र राखिएको अवस्थामा चितुवाले आक्रमण गरेको थियो। एकै पटक भएको उक्त आक्रमणले ठूलो संख्यामा भेडा मरेपछि स्थानीय किसानहरू चिन्तित बनेका छन्।
घटनापछि क्षेत्रमा त्रास फैलिएको छ भने वन्यजन्तु नियन्त्रणका लागि सम्बन्धित निकायको ध्यानाकर्षण भएको स्थानीयले बताएका छन्।









