भद्रपुर, चैत १० । झापाको भद्रपुरमा वृद्धा आमा कुटपिट गर्ने छोरा पक्राउ परेको प्रहरीले जनाएको छ।
भद्रपुर वडा नं. ८ क्याम्पस मोड बस्ने वर्ष ७९ की चन्द्रमाया घिमिरेलाई कुटपिट गर्ने उनका छोरा ३७ वर्षीय यशिस घिमिरेलाई आज दिउँसो प्रहरीले पक्राउ गरेको हो । यशिसले हिजो कुटपिट गरेका थिए । स्थानीयले घटनाबारे हिजै प्रहरीलाई जानकारी दिएका थिए । कुटपिटको घटनाबारे संचारमाध्यममा सार्वजनिक भएपछि यशिसलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयमा राखिएको बताइएको छ ।
उनी माथि अनुसन्धान भइरहेको र घाइते आमा चन्द्रमायालाई उद्धार गरि उपचार भइरहेको सूचना अधिकारी डीएसपी खगेन्द्रबहादुर खड्काले बताउनु भयो।









