पहेँलो फूलबीच खाने अनौठो अनुभव

चीन,११ चैत। दक्षिण–पश्चिम चीनको सिचुआन प्रान्तस्थित चोङझाउमा वसन्त ऋतुको पालुवा र फूलहरूको आनन्द लिने एउटा नयाँ र लोकप्रिय तरिका सुरु भएको छ । यहाँका मानिसहरू अहिले पहेंलपुरै फुलेको तोरीबारीको बीचमा बसेर परिवार र साथीभाइसँग खानाको स्वाद लिइरहेका छन् ।

चोङझाउको बइतोउ सहरका तोरीबारीहरूमा टेन्ट र टेबलहरू राखिएका छन् । जो चारैतिरबाट आकर्षक पहेँला फूलहरूले घेरिएका छन् । यहाँको मेनुमा विशेषगरी तोरीको मुना प्रयोग गरिएको ‘हटपट’ र तोरीका फूलहरूबाट बनेका अन्य परिकारहरू समावेश छन् ।

 


तोरि बारीमा घुम्न आउने अधिकांश पर्यटकहरुले आफुहरु टाढा–टाढाबाट यहाँको दृश्य हेर्न र नयाँ स्वादको परिकार चाख्न आएको बताएका छन् । यहाँ घुम्न आएका एक पर्यटकले भने,‘म यहाँ आउन एक घण्टाभन्दा बढी गाडी चलाएर आएँ । यहाँको दृश्य साँच्चै नै सुन्दर छ र हटपट पनि निकै स्वादिष्ट छ ।’

 

त्यहाँ रहेको हटपट रेष्टुरेण्टका प्रबन्धक याङ स्यानगुईले भने,‘हाम्रो हटपट रेष्टुरेन्ट निकै लोकप्रिय भइरहेको छ । विशेषगरी सप्ताहन्तमा, दिउँसो र बेलुकाको समयमा यो पूरै भरिभराउ हुन्छ । हामीसँग ठूला समूहहरूलाई सेवा दिन पर्याप्त टेबलहरू छन् ।’ चोङझाउकै अन्य स्थानहरूमा भने पहेँलो तोरीबारीको बीचमा आकर्षक क्याफेहरू पनि सञ्चालनमा आएका छन् । जहाँ बसेर मानिसहरु कफी खान रुचाउँछन, फोटो र सेल्फी खिच्छन ।

स्थानीय अधिकारीहरूले यस वर्ष नयाँ कार्यक्रमहरू पनि सार्वजनिक गरेका छन् । यहाँबाट करिब ५० किलोमिटर टाढा छेङ्दुमा रहेको विशाल पाण्डा हेर्न आउने पर्यटकहरूलाई आकर्षित गर्न यस्तो योजना ल्याइएको हो ।
अहिले सहरहरूबीच नयाँ बस सेवाहरू सुरु गरिएको छ । साथै, तोरीबारी भ्रमणलाई अझै रोचक बनाउन ’पाण्डा थिम’ का कार्यक्रमहरू र शैक्षिक अनुभवहरूलाई पनि यस पर्यटन भ्रमणमा समावेश गरिएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

वैदेशिक रोजगारीमा ठगी गर्नेलाई सरकारको कडा चेतावनी:एकैदिन १९ विरुद्ध पक्राउ पुर्जी, २५ नयाँ मुद्दा दर्ता

काठमाडौँ, १९ असार । वैदेशिक रोजगारीका नाममा सोझासाझा श्रमिकलाई ठग्ने र कानुन उल्लंघन गर्नेहरू माथि सरकारले आफ्नो निगरानी र कारबाहीलाई तीव्र बनाएको छ। वैदेशिक रोजगार

एआई फर गुड ग्लोबल समिटमा भाग लिने नेपाली विद्यार्थी टोलीद्वारा सञ्चारमन्त्रीसँग भेट

काठमाडौँ, १९ असार : संयुक्त राष्ट्रसंघीय एजेन्सी अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आइटियु) ले यहि जुलाई ७ देखि १० सम्म स्वीट्जरल्याण्डमा आयोजना गर्न लागेको ‘एआई फर गुड

खोला किनारका बासिन्दाको दुःख केही समयका लागि मात्रै होः लामिछाने

काठमाडौं,१९ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले खोला किनारमा बसोबास गर्ने नागरिकको व्यवस्थापनका क्रममा केही असहजता भए पनि दीर्घकालीन रूपमा यसको सकारात्मक

अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गरिए जेल भर्ने धवलशम्शेरको चेतावनी

काठमाडौं,१९ असार । नेता धवलशम्शेर राणाले अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुनेगरी कानुन ल्याइए आफूहरू आन्दोलनमा उत्रिने चेतावनी दिनु भएको छ। शुक्रबार पत्रकार सम्मेलनपछि सञ्चारकर्मीसँग कुरा गर्दै

निजामती कर्मचारी अस्पतालको नयाँ सेवा इकाई मन्त्रालयमै सुरु

काठमाडौं,१९ असार । निजामती कर्मचारी अस्पतालको सेवा इकाई सञ्चालनमा आएको छ । आज शुक्रबारदेखि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय भवनको तल्लो तलामा सेवा इकाई

दोषीको सम्पत्ति रोक्का देखि विदेश यात्रामा प्रतिबन्धसम्म

काठमाडौं,१९ असार । सहकारी क्षेत्रलाई थप व्यवस्थित, पारदर्शी र जवाफदेही बनाउन सरकारले विधेयकमार्फत नयाँ प्रक्रिया अगाडि बढाएको छ । सरकारले सहकारी (पहिलो संशोधन) विधेयक, २०८३