सर्लाही , ११ चैत । सर्लाहीको रामनगर गाउँपालिका–१ महादेव टोल नजिक मंगलबार दिउँसो भएको आगलागीमा १० बिघाभन्दा बढी क्षेत्रफलमा लगाइएको उखु जलेर नष्ट भएको छ।
स्थानीय बच्चेलाल रायको खेतमा उखुको पात जलाउने क्रममा आगो फैलिँदा काट्न बाँकी रहेको उखुमा सल्किएको वडा अध्यक्ष ब्रह्मदेव चौधरीले जानकारी दिनुभएको हो।
उहाँका अनुसार आगो नियन्त्रणबाहिर जाँदा ठूलो क्षति भएको हो। यसअघि पनि गोडैता नगरपालिका–४ रोहुवामा विद्युत् सर्टका कारण ५० बिघाभन्दा बढी उखु जलेर नष्ट भएको थियो।









