इटहरी, ११ चैत । सुनसरीको इटहरी–७ स्थित पूर्वाञ्चल क्याफेमा मंगलबार बिहान भीषण आगलागी भएको छ।
बिहान करिब १० बजेदेखि सुरु भएको आगो निभाउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ। हालसम्म मानवीय क्षति नभएको पुष्टि गरिएको छ।
आगलागीको कारण खुल्न बाँकी रहेको छ भने थप विवरण आउन बाँकी छ।









