रास्वपा झापा–५ ले भन्यो : “यो जीत नेपाली राजनीतिमा ऐतिहासिक मोड हो”

बालेन शाह नेतृत्वसँग सम्बन्धित राजनीतिक प्रभावबारे पनि स्थानीय तहमा व्यापक चर्चा

 

दमक, १० चैत । फागुन २१ गते सम्पन्न निर्वाचन र त्यसको परिणामलाई राष्ट्रिय स्वतन्त्र पार्टि झापा–५ ले नेपाली राजनीतिमा ऐतिहासिक मोडको रूपमा व्याख्या गरेको छ ।

बुधबार दमकस्थित पार्टी सम्पर्क कार्यालयमा आयोजित पत्रकार सम्मेलनमार्फत चुनावी प्रतिवेदन सार्वजनिक गर्दै क्षेत्रीय सभापति भेषराज भट्टराईले यस क्षेत्रबाट भएको विजय सामान्य राजनीतिक परिणाम मात्र नभई देशको राजनीतिक दिशा परिवर्तनतर्फ संकेत गर्ने महत्वपूर्ण घटना भएको बताउनुभयो ।

 

उहाँका अनुसार यस परिणाममा उम्मेदवार बालेन शाहको व्यक्तिगत छवि, स्पष्ट दृष्टिकोण र राजनीतिक भिजनसँगै स्थानीय तहमा बनेको सुव्यवस्थित संगठन संरचना, सक्रिय सचिवालय र विभिन्न समितिहरूबीचको बलियो एकता प्रमुख आधार बनेको हो । यसले आगामी दिनमा नेपालको समग्र राष्ट्रिय राजनीति र शासन प्रणालीमा दीर्घकालीन प्रभाव पार्ने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो ।

 

प्रतिवेदन सार्वजनिक गर्दै भट्टराईले मतलाई परिणाममा रूपान्तरण गर्न निर्वाचित प्रतिनिधि तथा नेतृत्व तहले जनताका आधारभूत आवश्यकतामा केन्द्रित भएर प्रभावकारी काम देखाउने अवसर रहेको उल्लेख गर्नुभयो । साथै, आगामी दिनमा कामबाटै विश्वास जित्ने रणनीतिमा अघि बढ्नुपर्नेमा जोड दिइएको छ ।

 

त्यस्तै, “हाम्रालाई होइन, राम्रालाई प्राथमिकता” भन्ने सोचसहित आगामी स्थानीय तथा प्रदेश निर्वाचनका लागि बहस र तयारी सुरु गर्न पनि पार्टी नेता, कार्यकर्ता र शुभेच्छुकहरूलाई प्रतिवेदनमार्फत निर्देशन दिइएको छ ।

 

यसैबीच, यहाँ उल्लेख गरिएको निर्वाचन परिणामसँग जोडिएका प्रतिनिधि बालेन शाह नेतृत्वसँग सम्बन्धित राजनीतिक प्रभावबारे पनि स्थानीय तहमा व्यापक चर्चा भइरहेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

हिमालमा थुप्रिएको फोहोर र शवप्रति सांसदहरूको चिन्ता

काठमाडौं,१२ जेठ । प्रतिनिधि सभाको आजको बैठकमा ‘पर्यटन विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरिएको छ । मंगलबार बसेको बैठकमा संस्कृति, पर्यटन तथा

दुर्गा प्रसाईँ साधारण तारेखमा रिहा

रौतहट,१२ जेठ । मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ महाअभियान’ का संयोजक दुर्गा प्रसाईँ मंगलबार पर्सा जिल्ला अदालतको आदेशपछि हिरासतमुक्त हुनु भएको

झापामा हावाहुरी : कहाँ कहाँ कस्तो असर र क्षती? पुर्व विवरण सहित

दमक, १२ जेष्ठ | गएराति वर्षासँगै आएको तीव्र हावाहुरीका कारण झापाका गौरादह, हल्दिबारी, दमक, बिर्तामोड तथा मेचीनगर क्षेत्रमा व्यापक भौतिक क्षति पुगेको छ । विभिन्न

देशमा बादर आतङकको ठुलो बहस,के बादरलाइ मार्नु नै अन्तिम बिकल्प हो त ?

नेपालका धेरै गाउँ–सहरमा अहिले बादर आतंक एउटा ठूलो र जटिल समस्याका रूपमा देखा परेको छ। किसानले दुःख गरी लगाएको मकै, धान, गहुँ, आलु र तरकारीदेखि

नागरिकको जीवनस्तर उकास्न र सुशासन कायम गर्न सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्रीको दाबी

काठमाडौं,१२ जेठ ।प्रधानमन्त्री वालेन्द्र शाहले वास्तविक र देखिने गरी नेपाली नागरिकको दैनिक जीवनस्तर उकास्न आफू नेतृत्वको सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा