दमकका रेष्टुरेण्ट कुन कस्ता ? नगरपालिकाको अनुगमनबाट देखियो यस्तो रिपोर्ट

उपभोक्ताको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै व्यवसायीहरूको संरक्षण र प्रवद्र्धन पनि आफूहरूको दायित्व

दमक। ११ चैत्र । दमक नगरपालिकाले मंगलबार नगर क्षेत्रका विभिन्न रेस्टुरेन्ट तथा क्याफेहरूको स्थलगत अनुगमन गर्दै सरसफाइ, खाद्य गुणस्तर र व्यवस्थापन पक्षमा सुधार गर्न निर्देशन दिएको छ ।

नगरपालिकाको अनुगमन समितिको नेतृत्वमा भएको उक्त अनुगमनमा दमक उद्योग वाणिज्य संघ, होटल व्यवसायी संघ, इलाका प्रहरी कार्यालय, इलाका प्रशाषन कार्यालयका प्रतिनिधी, राजस्व शाखाका कर्मचारी, तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो ।
करिब ५० लाख रुपैयाँभन्दा बढी लगानीमा सञ्चालन भइरहेका, बजारमा नयाँ स्वाद र सेवा दिने उद्देश्यले खुलेका प्रतिष्ठित रेस्टुरेन्टहरूलाई लक्षित गर्दै अनुगमन गरिएको हो ।

 

अनुगमन टोलीले पहिलो चरणमा दमक–६ स्थित बागवेनी थकाली भान्सा घरमा प्रवेश गरेको थियो । यहाँ भान्सामा केही अखाद्य रंग प्रयोग भएको पाइएकाले त्यसलाई तुरुन्त हटाउन र सरसफाइ सुधार गर्न निर्देशन दिइएको अनुगमन समितिकी संयोजक तथा उपप्रमुख च्भनष्लब द्यजबततबचबष् एचबकबष् ले जानकारी दिनुभयो ।

त्यसपछि सोही क्षेत्रमा रहेको कवाडी रेष्टुरेण्ट, डोङग्री रेष्टुरेण्टमा अनुगमन गरिएको थियो । कवाडी रेस्टुरेन्टमा भान्साको सरसफाइ सुधार गर्न सुझाव दिइएको थियो भने डोङग्री रेस्टुरेन्टमा अवस्था सन्तोषजनक पाइएको थियो ।

टोली त्यसपछि दमक–४, मावा खोलाको किनारमा अवस्थित कोजी कफे एण्ड होटलमा पुगेको थियो । हालै सञ्चालनमा आएको यस होटलमा भान्सा व्यवस्थापन केही अव्यवस्थित देखिए पनि अन्य पक्षमा खास समस्या नदेखिएकाले सुधारका लागि सुझाव दिइएको थियो ।
नजिकै रहेको रातो भाले रेष्टुरेण्डमा पनि अनुगमन गरिएको थियो, जहाँ उल्लेखनीय कैफियत नपाइए पनि सरसफाइमा निरन्तरता दिन सुझाव दिइएको छ ।

 

अनुगमनको अन्तिम चरणमा नमुना बजारस्थित नयाँ व्यवस्थापनसहित सञ्चालनको तयारीमा रहेको द रुफ गाड्रेनमा पनि टोली पुगेको थियो ।
खुला ‘स्काइ भ्यु’ अवधारणामा निर्माण गरिएको यस रेस्टुरेन्टमा कुनै उल्लेखनीय समस्या नदेखिएपछि आवश्यक प्रशासनिक प्रक्रिया पूरा गरी नियमित सञ्चालनमा आउन आग्रह गरिएको छ ।

अनुगमनपश्चात नगरपालिकामा आयोजित समीक्षामा खाद्य निरीक्षक लक्ष्मी न्यौपानेले अनुगमनका क्रममा अखाद्य सामग्री फेला परेमा तत्काल नष्ट गर्ने र सुधारका लागि आवश्यक निर्देशन दिने गरिएको जानकारी दिनुभयो ।

 

 

उपप्रमुख भट्टराई प्रसाईले अनुगमन नियमित हुनुपर्ने भए पनि पछिल्लो समय निर्वाचनका कारण निरन्तरता दिन नसकिएको उल्लेख गर्दै यसपटक विशेषगरी ‘राम्रा’ मानिएका रेस्टुरेन्टहरूको वास्तविक अवस्था बुझ्न अनुगमन गरिएको बताउनुभयो । उपभोक्ताको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै व्यवसायीहरूको संरक्षण र प्रवद्र्धन पनि आफूहरूको दायित्व भएको उहाँको भनाइ थियो । आगामी दिनमा यस्ता अनुगमनलाई अझ व्यवस्थित र नियमित बनाउने प्रतिबद्धता समेत उहाँले जनाउनुभयो ।

 

यद्यपि, हाल दमकसहित देशभर खाना पकाउने ग्यास अभाव र सम्भावित कालोबजारीको विषय उठिरहेका बेला त्यसतर्फ अनुगमन नहुँदा स्थानीय स्तरमा केही आलोचना समेत भइरहेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

हिम्लुङ हिमालमा आज मात्रै ८ शव भेटिए, हिमपहिरोमा परी ज्यान गुमाउनेको संख्या १५ पुग्यो

काठमाडौँ , असोज १५ । मनाङको हिम्लुङ हिमालमा बिहीबार अपराह्न थप चार जनाको शव भेटिएसँगै मृत्यु हुनेको संख्या १५ पुगेको छ। यसअघि आजै चार शव फेला

कांग्रेसको १५औँ महाधिवेशन : सहमहामन्त्री पदमा अहिलेसम्म पाँच नेताको दाबेदारी

काठमाडौं, असोज १५ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सहमहामन्त्री पदमा आकांक्षीहरू खुल्न थालेका छन्।असोज १८ देखि २२ गतेसम्म काठमाडौंको खुला मञ्चमा हुने महाधिवेशनमा

महाकालीको बाढीले दोधारा–चाँदनी जोड्ने प्रसिद्ध झोलुङ्गे पुलमा क्षति, आवतजावत पूर्ण रूपमा ठप्प

दाङ, असोज १५ । सुदूरपश्चिमस्थित कञ्चनपुरको दोधारा चाँदनी र भीमदत्त नगरलाई जोड्ने झोलुंगे पुलमा महाकालीको बाढीले क्षति पुर्‍याएपछि आवतजावत ठप्प भएको छ। दोधारा चाँदनी नगरपालिका–४

स्वदेशमै उत्पादित रासायनिक मलको बजार सुनिश्चितताका लागि नीतिगत बाटो खोजिँदै

काठमाडौं , असोज १५। नेपालमा रासायनिक मल कारखाना स्थापना भएपछि स्वदेशमै उत्पादित मलको बजार सुनिश्चित गर्न सरकारले आवश्यक कानुनी तथा नीतिगत व्यवस्था पहिचान गर्ने भएको

दुर्घटना न्यूनीकरणका लागि मकवानपुर ट्राफिक सक्रिय : राजमार्गमा विशेष जाँच अभियान सुरु

हेटौँडा , असोज १५। बाढी, पहिरो र वर्षाका कारण देशभरका विभिन्न सडकखण्ड जोखिमपूर्ण अवस्थामा रहेका बेला चाडपर्व नजिकिँदै गएसँगै जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले सवारीसाधनको