पदमार्ग पर्यटन परियोजनामा तीव्र प्रगतिः कोशी प्रदेशलाई आकर्षक गन्तव्य बनाउने लक्ष्य

विराटनगर,११ चैत । कोशी प्रदेश सरकारको पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तर्गत सञ्चालन भइरहेको पदमार्गमा आधारित पर्यटन विकास परियोजना (TTDP) को तेस्रो परियोजना निर्देशक समिति बैठक आज सम्पन्न भएको छ। पर्यटन वन तथा वातावरण मन्त्री भीम पराजुलीको अध्यक्षतामा तथा मुख्यमन्त्री हिक्मत कुमार कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। बैठकमा नेपालका लागि स्वीस राजदूत डा. डानियेल म्युवलीको विशेष उपस्थिति रहेको थियो।

 

नेपाल र स्विट्जरल्यान्ड सरकारबीच भएको द्विपक्षीय सम्झौताअनुसार सञ्चालनमा आएको यो परियोजना कोशी प्रदेशका ८ जिल्लाका २९ स्थानीय तहमा विस्तार गरिएको छ। Helvetas Nepal प्राविधिक सहयोगमा कार्यान्वयन भइरहेको परियोजनाले स्थानीय तहसँगको सहकार्यमा काम गरिरहेको छ।
परियोजनाको मुख्य उद्देश्य स्थानीय कला, संस्कृति र परम्पराको संरक्षण गर्दै दिगो पर्यटनमार्फत स्थानीयको आयआर्जन वृद्धि गर्नु हो। २ अर्ब ४५ करोड रुपैयाँभन्दा बढी लागतको यो परियोजना २०८५ साउनसम्म सञ्चालन हुनेछ।

परियोजना अन्तर्गत चियाबारी, फाल्गुनन्द, लालीगुराँस र मुन्दुम गरी चार प्रमुख पदमार्ग विकास भइरहेको छ। करिब ४०० किलोमिटर पदमार्ग निर्माण लक्ष्य राखिएकोमा हालसम्म ४५५ किलोमिटर सर्वेक्षण सम्पन्न भइसकेको छ। गत वर्ष २० किलोमिटर निर्माण सम्पन्न भएकोमा यस वर्ष १३२ किलोमिटर निर्माण भइरहेको छ भने आगामी वर्ष २३४ किलोमिटर निर्माण गर्ने योजना अघि सारिएको छ।

परियोजनाले हालसम्म ३३ हजार दिन बराबरको रोजगारी सिर्जना गरिसकेको छ भने अन्त्यसम्म एक लाखभन्दा बढी स्थानीय लाभान्वित हुने लक्ष्य राखिएको छ। साथै, सीप विकास तालिममार्फत महिला, युवा तथा सीमान्तकृत समुदायको सहभागिता बढाइएको छ, जसले स्थानीय पर्यटन व्यवसायमा सकारात्मक प्रभाव पारेको छ।

भौतिक पूर्वाधारसँगै पर्यटन प्रवद्र्धन, बजारिकरण, ब्रान्डिङ, तथा नीति सुधारमा पनि परियोजनाले उल्लेखनीय काम गरिरहेको छ। मुन्दुम क्षेत्रमा स्थानीय खानाको अध्ययन, वास्तुकला अभिलेखीकरण, तथा टेम्कैमैयुङ गाउँपालिकामा समुदायमा आधारित पर्यटन नीति निर्माणजस्ता पहलहरू अघि बढाइएका छन्।

बैठकले चालु तथा आगामी आर्थिक वर्षका कार्ययोजना पारित गर्नुका साथै पर्यटक सुरक्षाका लागि पर्यटक प्रहरी भर्ना गर्ने, पदमार्ग मापदण्ड तयार गर्ने तथा प्रदेशको पर्यटन ब्रान्डिङ सुदृढ गर्ने निर्णय गरेको छ।

संघ, प्रदेश र स्थानीय तहको सहकार्य तथा स्वीस सरकारको सहयोगमा सञ्चालन भइरहेको यो परियोजना कोशी प्रदेशलाई दिगो, वातावरणमैत्री र सांस्कृतिक रूपमा समृद्ध पर्यटन गन्तव्य बनाउने महत्वपूर्ण आधार बन्ने विश्वास व्यक्त गरिएको छ। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले यो परियोजनाले प्रदेशको समृद्धिमा महत्त्वपूर्ण योगदान गर्ने जानकारी दिनुभयो। मुख्यमन्त्री कार्कीले यो परियोजनाले कोशी प्रदेश को पर्यटन प्रवर्धन र आर्थिक विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। तस्बीरहरु

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

डलरसहित विदेशी मुद्राको आजको विनिमयदर यस्तो

काठमाडौं भदौ १३। नेपाल राष्ट्र बैंकले आज ९शनिबार०का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसनुसार आज अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ३१

गाईजात्राको इतिहास प्रताप मल्लभन्दा पनि पुरानो : डा. गोविन्द टन्डन

काठमाडौं , भदौ १३ । संस्कृतिविद् डा. गोविन्द टन्डनले गाईजात्रा प्रताप मल्लको पालामा सुरु भएको भन्ने प्रचलित धारणा ऐतिहासिक रूपमा अपूर्ण रहेको बताएका छन् ।

बाढीपीडितको राहतमा नमुना कलेजले दियो ५ लाख ५ हजार ५५ रुपैयाँ

विराटनगर , भदौ १३ । इटहरीस्थित नमुना कलेजले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि ५ लाख ५ हजार ५५ रुपैयाँ सहयोग गर्ने निर्णय

२४ घण्टामा ५१४ सवारी चालक ट्राफिक कारबाहीमा

काठमाडौं , भदौ १३ । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ५१४ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।शनिबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले

भोटेकोशी बाढीका पहिचान नभएका शव चितवनमा व्यवस्थापन गरिँदै

काठमाडौं,१३ भदौ । रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीपछि चितवनमा संकलन गरिएका पहिचान हुन नसकेका तथा बेवारिसे शवको व्यवस्थापन गरिने भएको छ।जिल्ला प्रशासन कार्यालय

रसुवाका बाढीपीडितलाई सहयोग गर्न प्राधिकरणको आह्वान

काठमाडौं , भदौ १३। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशीमा आएको भीषण बाढीका कारण ठूलो जनधनको क्षति भएको र प्रभावित क्षेत्रमा हालसम्म पनि