शपथ अघि पशुपतिमा दर्शन गर्न राप्रपा

काठमाडौँ,१२ चैत । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले आज दिउँसो २ बजे पद तथा गोपनीयताको शपथ लिँदै छन्। शपथअघि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरू भने पशुपतिनाथ मन्दिर पुगेर दर्शन गरेका छन्।

 

राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीसँगै सांसदहरू खुश्बु ओली, भरत गिरी र सरस्वती लामा बिहीबार बिहान पशुपतिनाथ पुग्नु भएको हो। दर्शनपछि सञ्चारकर्मीसँग बोल्दै शाहीले आफूहरू कुनै गलत काम नगर्ने अठोटका साथ भगवानसँग प्रार्थना गर्न आएको बताउनु भयो।उहाँले संसद मार्फत हिन्दु राष्ट्र पुनःस्थापना गर्ने लक्ष्यसहित अघि बढ्ने स्पष्ट पार्नु भयो।

 

यता प्रतिनिधिसभामा यसपालि ६ राजनीतिक दल र एक स्वतन्त्र सांसदको प्रतिनिधित्व रहनेछ। सांसदहरूलाई ज्येष्ठ सदस्य अर्जुन नरसिंह केसीले शपथ गराउनु हुने छ। सभामुख निर्वाचित नभएसम्म बैठक पनि उहाँले नै सञ्चालन गर्नु हुने छ्।

 

संसद् भवनमा भएको अघिल्लो क्षतिपछि सिंहदरबारभित्र निर्माणाधीन नयाँ संसद् भवनको बहुउद्देश्यीय हलमा शपथ र बैठकको अस्थायी व्यवस्था गरिएको संघीय संसद् सचिवालयले बताएको छ। ६३ सांसदले मातृभाषामा शपथ लिने तयारी गरिएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

झापाका माछा किसान संसदीय समितिका सभापतिलाई समस्या सुनाउदै

दमक,१८ असार ।प्रतिनिधिसभाको कृषि तथा प्राकृतिक स्रोत समितिले झापाका किसानले भोग्दै आएका समस्या र समाधानका उपायबारे सुझाव संकलन थालेको छ । राष्ट्रिय कृषि आधुनिकीकरण कार्याक्रम

आगामी मौद्रिक नीतिका लागि शेयर लगानीकर्ता संघको राष्ट्र बैंकलाई ५ बुँदे सुझाव

काठमाडौं,१८ असार । आगामी आर्थिक वर्ष २०८३ / ८४ को मौद्रिक नीतिलाई पूँजीबजारमैत्री बनाउन शेयर लगानीकर्ता संघ नेपालले नेपाल राष्ट्र बैंक समक्ष पाँच बुँदे सुझाव

आज असार १८ गते बसेको मन्त्रिपरिषद्को बैठकका १० निर्णयहरु

काठमाडौँ, १८ असार ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले महत्वपूर्ण १० निर्णय गरेको छ । सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री

मधेश प्रदेश सभाको बैठक दोस्रो दिन पनि अवरुद्ध

जनकपुर,१८ असार । मधेश प्रदेश सभाको बैठक विहीबार दोस्रो दिन पनि अवरुद्ध भएको छ । सभामुख रामअशिष यादवले बैठक अनिश्चित कालका लागि स्थगित भएको घोषणा

सहकारी संशोधन विधेयक बहुमतले पारित

काठमाडौं,१८ असार । प्रतिनिधिसभाले सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ बहुमतले पारित गरेको छ। बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा

‘इमेज सहकारीका बचतकर्ताको रकम कहिले र कसरी फिर्ता हुन्छ?’: सांसद शर्मा

काठमाडौं,१८ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सोम शर्माले इमेज सहकारीका बचतकर्ताले आफ्नो बचत रकम कहिले र कुन कानुनी प्रक्रियाबाट फिर्ता पाउने भन्ने