मोरङ, १२ चैत।मोरङमा टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ ।
मोरङ कानेपोखरी गाउँपालिका–७ मा जहदाबाट कानेपोखरीतर्फ जाँदै गरेको को १ ख ६३३१ नम्बरको टिपरको ठक्करबाट गम्भिर घाइते भएका वीरेन्द्र कार्कीको उपचारकै क्रम्मा बिहीबार (चैत १२) बिहान मृत्यु भएको हो ।
मृत्यु हुनेमा सोही ठाउँ बस्ने ५८ वर्षीय वीरेन्द्र काकी हुनु हुन्छ । टिपरको ठक्करबाट गम्भीर घाइते उहाँको मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर मंगलबारेमा उपचारको क्रममा मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ ।
टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।









