प्रतिपक्षमा प्रश्न गर्ने

साम्पाङ सरकारलाई सघाउने पक्षमा 

काठमाडौं,१२ चैत  । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज हर्क साम्पाङले सरकारलाई सघाउने पक्षेमा रहेको बताउनु भएको छ ।

 

शपथ ग्रहणका लागि सिंहदरबारस्थित संसद् भवन परिसर पुगेका साम्पाङले सञ्चारकर्मीसँग कुरा गर्दै सरकारको प्रतिपक्षमा रहेर प्रश्न गर्ने र सरकारलाई समर्थन गर्ने बताउनु भएको छ ।

 

उहाँले भन्नु भयो, ‘सरकारको प्रतिपक्षमा रहेर प्रश्न गर्ने छौँ । सहयोग गर्छौ । सरकाले गर्नु पर्ने काम त्यसलाई प्रतिपक्षमा रहेर सहयोग गर्ने छैँ । देशलाई सघाउने पक्षेमा रहेको छैँ ।’

 

राजनीति गर्ने मान्छेले सर्वोच्च पदमा पुग्ने उद्देश्य राख्नुपर्ने भएकाले भावी प्रधानमन्त्रीको रूपमा आफूलाई अघि सारेको उहाँले बताउनु भयो ।

 

उहाँले भन्नु भयो, ‘राजनीति गर्ने मान्छेले सर्वोच्च स्थानमा पुग्ने उद्देश्य राख्छ, राख्नुपर्छ। यसलाई अन्यथा मान्नुभएन। पार्टीको अध्यक्ष भएको नाताले सबै अरूले पनि भनेको हो त्यसमा मैले पनि भनेँ त्यसमा ठुलो कुरा छ र जनताले जे निर्णय गर्नुभयो यसलाई हामीले सहर्ष स्विकार्नुपर्छ सम्मान गर्नुपर्छ ।’

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

झापाका माछा किसान संसदीय समितिका सभापतिलाई समस्या सुनाउदै

दमक,१८ असार ।प्रतिनिधिसभाको कृषि तथा प्राकृतिक स्रोत समितिले झापाका किसानले भोग्दै आएका समस्या र समाधानका उपायबारे सुझाव संकलन थालेको छ । राष्ट्रिय कृषि आधुनिकीकरण कार्याक्रम

आगामी मौद्रिक नीतिका लागि शेयर लगानीकर्ता संघको राष्ट्र बैंकलाई ५ बुँदे सुझाव

काठमाडौं,१८ असार । आगामी आर्थिक वर्ष २०८३ / ८४ को मौद्रिक नीतिलाई पूँजीबजारमैत्री बनाउन शेयर लगानीकर्ता संघ नेपालले नेपाल राष्ट्र बैंक समक्ष पाँच बुँदे सुझाव

आज असार १८ गते बसेको मन्त्रिपरिषद्को बैठकका १० निर्णयहरु

काठमाडौँ, १८ असार ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले महत्वपूर्ण १० निर्णय गरेको छ । सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री

मधेश प्रदेश सभाको बैठक दोस्रो दिन पनि अवरुद्ध

जनकपुर,१८ असार । मधेश प्रदेश सभाको बैठक विहीबार दोस्रो दिन पनि अवरुद्ध भएको छ । सभामुख रामअशिष यादवले बैठक अनिश्चित कालका लागि स्थगित भएको घोषणा

सहकारी संशोधन विधेयक बहुमतले पारित

काठमाडौं,१८ असार । प्रतिनिधिसभाले सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ बहुमतले पारित गरेको छ। बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा

‘इमेज सहकारीका बचतकर्ताको रकम कहिले र कसरी फिर्ता हुन्छ?’: सांसद शर्मा

काठमाडौं,१८ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सोम शर्माले इमेज सहकारीका बचतकर्ताले आफ्नो बचत रकम कहिले र कुन कानुनी प्रक्रियाबाट फिर्ता पाउने भन्ने