इनिशा विक प्रकरणमा न्याय नपाएसम्म सडक संघर्ष जारी

काठमाडौं,१२ चैत । सुर्खेतकी इनिशा विक हत्या प्रकरणमा अनुसन्धान ढिला गरिएको र अहिलेसम्म दोषीहरुलाई कारबाही नगरिएको भन्दै संघर्ष समितिले आपत्ति जनाएको छ ।बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै समितिका सदस्यहरुले घटनामा किटानी जाहेरी दिँदासमेत लिन नमानिएको र हत्यारालाई जोगाउन खोजिएको कुरा आफूहरुले पटक पटक उठाएको दाबी गरेका हुन् ।

 

इनिशा हत्या प्रकरणमा दोषीलाई कारवाही गर्न नसक्नु र पीडितहरुले न्यायको लागि सडक संघर्ष गर्नुपर्ने कुरा राज्य असफलता भएको प्रमाणित भएको उनीहरुको भनाई छ । अभियन्ता जीवन तिरुवाले महिलाहरुको न्यायको लागि आफूहरुले निरन्तर संघर्ष गर्नुपर्ने आवश्यकता औंल्याउनु भएको छ । इनिशाले न्याय नपाएसम्म शव नउठ्ने पनि उहाँको भनाई छ ।

 

राज्यले ठीक जवाफ नदिएसम्म र पीडितलाई न्याय नदिएसम्म संघर्ष समिति निरन्तर संघर्षमा रहने पनि उहाँको चेतावनी छ । इनिशा विक, रश्मिका परियारलगायतलाई न्याय दिन राज्य तयार नहुँदासम्म तबसम्म आन्दोलन निरन्तर हुने र त्यो आन्दोलनबाट हुने क्षतिको जिम्मा पनि सरकारले लिनुपर्ने बताउनु भएको छ । भोलि चैत्र १३ गते शान्तिपूर्ण आन्दोलन गरिने पनि चेतावनी दिनु भयो ।

 

बलात्कारपछि हत्या प्रकरण प्रहरी प्रशासनले कडाईका साथ अनुसन्धान गर्नुपर्ने र कारबाही गरिनुपर्ने उनीहरुको माग छ । उनीहरुले महिलाहरुको न्यायको लागि आफूहरु सडकबाटै क्रान्ति गर्नपनि तत्पर रहेको उद्घोष गरेका छन् ।
कार्यक्रममा बोल्दै सविना सिंह ठकुरीले आफूहरुले विगत १७ दिनदेखि इनिशा विकले न्याय पाउनुपर्छ भनेर सडकमा प्रदर्शनमा उत्रिएको स्मरण गराउनु भयो ।

 

उहाँले भन्नु भयोे,‘१७औं दिनसम्म पनि हामीले इनिशा विक बहिनीको न्यायको अनुभूति गरेका छैनौं । सामाजिक सञ्जालमा जबरजस्ती करणी होईन भनेर हालिएको छ, यस्तो कुरामा हाम्रो असहमति छ । हामी अझै सडक संघर्ष समितिबाट अघि बढ्छौं । हामी इनिसासँगै १२ जना चेलीहरु जो बलात्कारपछि हत्याको शिकार भएका छन्, उनीहरुको न्यायको लागि आवाज उठाइरहन्छौं ।’ उहाँले सडक संघर्ष समितिको आवाज बालेन शाहले पनि सुन्नुपर्ने बताउनु भयो ।

 

बालेन शाह प्रधानमन्त्री बन्न लागेको भन्दै शाह नेतृत्वको सरकारले महिला हिंसाको घटनामा कस्तो कदम चाल्छ भनेर नजिकबाट नियाल्ने र पीडितहरुको न्यायको पक्षमा कदम नचाले संघर्षलाई सशक्त बनाउने पनि उहाँको चेतावनी छ । उहाँले भोलिबाट सडक संघर्ष समितिले मौन आन्दोलन सुरु गर्ने बताउनु भयो।

समितिले छानबिनमा खटिएका एसपी सुधीरराज शाहीको राजीनामासमेत मागेको छ । उहाँले भन्नु भयो,‘खबरदार छ सुधिरराज शाहीलाई, तपाईंले निश्पक्ष छानबिन नगरेर गलत तरिकाको छानबिन गर्नुभयो, तपाईंको यो छानबिनप्रति असहमति जनाउँदै तपाईंको एसपीबाट राजीनामा माग्छौं । महिला आयोगको अध्यक्षको पनि राजीनामा माग्दछौं ।’

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

झापाका माछा किसान संसदीय समितिका सभापतिलाई समस्या सुनाउदै

दमक,१८ असार ।प्रतिनिधिसभाको कृषि तथा प्राकृतिक स्रोत समितिले झापाका किसानले भोग्दै आएका समस्या र समाधानका उपायबारे सुझाव संकलन थालेको छ । राष्ट्रिय कृषि आधुनिकीकरण कार्याक्रम

आगामी मौद्रिक नीतिका लागि शेयर लगानीकर्ता संघको राष्ट्र बैंकलाई ५ बुँदे सुझाव

काठमाडौं,१८ असार । आगामी आर्थिक वर्ष २०८३ / ८४ को मौद्रिक नीतिलाई पूँजीबजारमैत्री बनाउन शेयर लगानीकर्ता संघ नेपालले नेपाल राष्ट्र बैंक समक्ष पाँच बुँदे सुझाव

आज असार १८ गते बसेको मन्त्रिपरिषद्को बैठकका १० निर्णयहरु

काठमाडौँ, १८ असार ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले महत्वपूर्ण १० निर्णय गरेको छ । सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री

मधेश प्रदेश सभाको बैठक दोस्रो दिन पनि अवरुद्ध

जनकपुर,१८ असार । मधेश प्रदेश सभाको बैठक विहीबार दोस्रो दिन पनि अवरुद्ध भएको छ । सभामुख रामअशिष यादवले बैठक अनिश्चित कालका लागि स्थगित भएको घोषणा

सहकारी संशोधन विधेयक बहुमतले पारित

काठमाडौं,१८ असार । प्रतिनिधिसभाले सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ बहुमतले पारित गरेको छ। बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा

‘इमेज सहकारीका बचतकर्ताको रकम कहिले र कसरी फिर्ता हुन्छ?’: सांसद शर्मा

काठमाडौं,१८ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सोम शर्माले इमेज सहकारीका बचतकर्ताले आफ्नो बचत रकम कहिले र कुन कानुनी प्रक्रियाबाट फिर्ता पाउने भन्ने