शपथ ग्रहण अघि यस्तोे भने नवनिर्वाचित सांसदहरुले

काठमाडौं, १२ चैत । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरू शपथ ग्रहणका लागि सिंहदरबारस्थित संसद् भवन परिसरमा उपस्थित भइरहँदा विभिन्न दलका सांसदहरूले आफ्ना प्राथमिकता र प्रतिबद्धता सार्वजनिक गरेका छन् ।

 

राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सांसद केपी खनालले सञ्चारकर्मीसँग कुरा गर्दै सुशासनका तीन आधार स्तम्भ पारदर्शिता, इमान्दारिता र जवाफदेहिताबाटै परिणाम आउने गरि काम गर्ने बताउनु भएको छ । उहाँले भन्नुभयो ‘पारदर्शी, इमान्दारिता, जवाफदेहिता—यी नै बीचमा सबै कुरा हुन्छन् । यी तीन कुराबाट डेलिभरी हुन्छन् ।’

यस्तै, रास्वपाका अर्का सांसद रमेश प्रसाइले जनताको अपेक्षा अत्यन्त सामान्य रहेको उल्लेख गर्दै आधारभूत सेवा सहज बनाउनुपर्नेमा जोड दिने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘जनताले धेरै ठूलो कुरा मागेका छैनन् । अस्पतालमा बेड पाउन सोर्स–फोर्स लगाउन नपरोस्, सरकारी कार्यालयमा सामान्य काम गराउन घण्टौं, हप्तौं लाइन बस्न नपरोस् । विपद् पर्दा सरकार भएको अनुभूति होस्, राज्यले अभिभावकीय भूमिका निभाओस् भन्ने हो ।’

त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहले सकारात्मक र रचनात्मक भूमिकामा रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयोे, ‘अहिले हामी सकारात्मक काममा, राम्रा काममा साथ र सहयोग गरेर अगाडि बढ्ने छौं । देश र जनताको हितमा काम गर्ने पक्षमा हुन्छौं ।’

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

झापाका माछा किसान संसदीय समितिका सभापतिलाई समस्या सुनाउदै

दमक,१८ असार ।प्रतिनिधिसभाको कृषि तथा प्राकृतिक स्रोत समितिले झापाका किसानले भोग्दै आएका समस्या र समाधानका उपायबारे सुझाव संकलन थालेको छ । राष्ट्रिय कृषि आधुनिकीकरण कार्याक्रम

आगामी मौद्रिक नीतिका लागि शेयर लगानीकर्ता संघको राष्ट्र बैंकलाई ५ बुँदे सुझाव

काठमाडौं,१८ असार । आगामी आर्थिक वर्ष २०८३ / ८४ को मौद्रिक नीतिलाई पूँजीबजारमैत्री बनाउन शेयर लगानीकर्ता संघ नेपालले नेपाल राष्ट्र बैंक समक्ष पाँच बुँदे सुझाव

आज असार १८ गते बसेको मन्त्रिपरिषद्को बैठकका १० निर्णयहरु

काठमाडौँ, १८ असार ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले महत्वपूर्ण १० निर्णय गरेको छ । सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री

मधेश प्रदेश सभाको बैठक दोस्रो दिन पनि अवरुद्ध

जनकपुर,१८ असार । मधेश प्रदेश सभाको बैठक विहीबार दोस्रो दिन पनि अवरुद्ध भएको छ । सभामुख रामअशिष यादवले बैठक अनिश्चित कालका लागि स्थगित भएको घोषणा

सहकारी संशोधन विधेयक बहुमतले पारित

काठमाडौं,१८ असार । प्रतिनिधिसभाले सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ बहुमतले पारित गरेको छ। बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा

‘इमेज सहकारीका बचतकर्ताको रकम कहिले र कसरी फिर्ता हुन्छ?’: सांसद शर्मा

काठमाडौं,१८ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सोम शर्माले इमेज सहकारीका बचतकर्ताले आफ्नो बचत रकम कहिले र कुन कानुनी प्रक्रियाबाट फिर्ता पाउने भन्ने