कर्णाली खेलकुद परिषदमा नयाँ नेतृत्व नियुत्त

सुर्खेत,११ चैत । कर्णाली प्रदेश सरकारले खेलकुद परिषद्को उपाध्यक्षमा प्रमोद हमाल र सदस्य सचिवमा रविन्द्र चन्द नियुक्त हुनु भएको छ ।
कर्णाली प्रदेश सरकारको मन्त्रीपरिषद् बैठकले सुर्खेतका हमाललाई उपाध्यक्ष र चन्द्रलाई सदस्य–सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो ।

दुई पदाधिकारीको नियुक्ति भएसंगै एक बर्षदेखि नेतृत्वविहीन भएको कर्णाली खेलकूद परिषद्ले नयाँ नेतृत्व पाएको हो । कर्णाली प्रदेश सरकारले खेलकूद परिषद्को पदाधिकारी नियुक्तिका लागि खुला प्रतिष्पर्धाद्धारा सार्वजनिक आव्ह्रान गरेको थियो ।

सदस्य सचिवका लागि सुरुमा २१ जनाले आवेदन दिएकोमा विभिन्न योग्यताक्रमलाई आधार मानेर १० जनालाई सर्टलिष्ट गरेको थियो । सदस्य–सचिव छनोट समितिले माघ ३ गते लिएरको अन्तर्वार्ताबाट तीन जनाको नाम सिफारिस गरेको थियो । सिफारिस सूचीमा रविन्द्र चन्द, दीपक हमाल र प्रमोद हमाल रहनु भएको छ ।

मूल्याङ्कनमा चन्दले सबैभन्दा बढी ६७.१७ अंक प्राप्त गरेका थिए भने दीपक हमालले ६०.६३ र प्रमोद हमालले ५२.३७ अंक ल्याएका थिए । सिफारिस समितिले गरेको सिफारिस अनुसार एक नम्बरको योग्यताक्रममा रहेका चन्दलाई मन्त्रिपरिषद्ले सदस्य–सचिवमा नियुक्त गरेको सरकारका प्रवक्ता तथा भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले जानकारी दिए ।

मन्त्री परिषद् बैठकले परिषद्को उपाध्यक्षमा प्रमोद हमालसहित पाँच सदस्य पनि नियुक्त गरेको छ । परिषद्का अन्य सदस्यहरुमा पंखबहादुर मल्ल (कालीकोट), भीमकुमारी भुसाल (सुर्खेत), गोर्खबहादुर शाही (हुम्ला), पवनकुमार थापा (दैलेख) र किरणकिशोर सापकोटा (सुर्खेत) रहेका छन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

झापाका माछा किसान संसदीय समितिका सभापतिलाई समस्या सुनाउदै

दमक,१८ असार ।प्रतिनिधिसभाको कृषि तथा प्राकृतिक स्रोत समितिले झापाका किसानले भोग्दै आएका समस्या र समाधानका उपायबारे सुझाव संकलन थालेको छ । राष्ट्रिय कृषि आधुनिकीकरण कार्याक्रम

आगामी मौद्रिक नीतिका लागि शेयर लगानीकर्ता संघको राष्ट्र बैंकलाई ५ बुँदे सुझाव

काठमाडौं,१८ असार । आगामी आर्थिक वर्ष २०८३ / ८४ को मौद्रिक नीतिलाई पूँजीबजारमैत्री बनाउन शेयर लगानीकर्ता संघ नेपालले नेपाल राष्ट्र बैंक समक्ष पाँच बुँदे सुझाव

आज असार १८ गते बसेको मन्त्रिपरिषद्को बैठकका १० निर्णयहरु

काठमाडौँ, १८ असार ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले महत्वपूर्ण १० निर्णय गरेको छ । सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री

मधेश प्रदेश सभाको बैठक दोस्रो दिन पनि अवरुद्ध

जनकपुर,१८ असार । मधेश प्रदेश सभाको बैठक विहीबार दोस्रो दिन पनि अवरुद्ध भएको छ । सभामुख रामअशिष यादवले बैठक अनिश्चित कालका लागि स्थगित भएको घोषणा

सहकारी संशोधन विधेयक बहुमतले पारित

काठमाडौं,१८ असार । प्रतिनिधिसभाले सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ बहुमतले पारित गरेको छ। बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा

‘इमेज सहकारीका बचतकर्ताको रकम कहिले र कसरी फिर्ता हुन्छ?’: सांसद शर्मा

काठमाडौं,१८ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सोम शर्माले इमेज सहकारीका बचतकर्ताले आफ्नो बचत रकम कहिले र कुन कानुनी प्रक्रियाबाट फिर्ता पाउने भन्ने