बीबीसीद्धारा नेपालमा राजनीतिक बहस कार्यक्रम आयोजना

काठमाडौँ,१२ चैत । नेपालमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वमा नयाँ सरकार गठन गर्ने तयारी भइरहेको बेला बीबीसीले राजनीति विषयमा एउटा बहस कार्यक्रम सञ्चालन गर्ने भएको छ । ‘वल्र्ड क्वेसन्सः नेपाल’ नाम दिइएको यो बीबीसीको प्रतिष्ठित कार्यक्रम मध्येको एक हो ।

 

सो कार्यक्रम चैत २४ गते हुने बीबीसीले बताएको छ । नेपालमा निर्वाचन सम्पन्न भएको एक महिना पनि पुगेको छैन । निर्वाचनपछि देशको दिशा, नयाँ सरकारका प्राथमिकता, युवाको आकांक्षा र भ्रष्टाचार नियन्त्रण जस्ता गम्भीर विषयमा केन्द्रित रहने यो कार्यक्रम मण्डला थेयटरमा सञ्चालन हुने जनाइएको छ । नेपालको शीर्ष राजनीतिक नेताहरूसँग सार्वजनिक बहस सञ्चालन हुने कार्यक्रममा नयाँ सरकारको प्राथमिकता, युवापुस्ताको अपेक्षा पूरा गर्ने रणनीति, भ्रष्टाचार नियन्त्रणका प्रभावकारी उपाय तथा आर्थिक सुधारका सम्भावित मार्गहरू कार्यक्रमको एजेण्डा रहने बीबीसीले बताएको छ ।

कार्यक्रममा को को नेता सहभागी हुने भनी हालसम्म टुङ्गो लागि सकेको छैन । राजनीतिक दलका नेताहरूसँग यस विषयमा कुराकानी भइरहेको जनाइएको छ । बीबीसीका प्रस्तोता जनी डाइमण्डले कार्यक्रम सञ्चालन गर्ने जनाइएको छ । कार्यक्रममा सहभागी दर्शकहरूले प्रत्यक्ष रूपमा आफ्ना प्रश्न राख्न पाउने व्यवस्था गरिएको छ ।

कार्यक्रममा सहभागी हुनका लागि अग्रिम नै फर्म भर्नुपर्ने हुन्छ । सहभागी हुने कन्फर्म भएपछि म्यासेज वा इमेल मार्फत जानकारी गराउने जनाइएको छ । बीबीसीका अनुसार काठमाडौँ संस्करणको यो कार्यक्रम टेलिभिजन र रेडियो मार्फत विश्वभर प्रसारण गरिने जनाइएको छ ।

नेपालको बदलिँदो परिवेश र अवस्थाको बारेमा विश्वभर जानकारी पु¥याउनका लागि यो कार्यक्रम आयोजना गर्न लागिएको बीबीसीसले बताएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

झापाका माछा किसान संसदीय समितिका सभापतिलाई समस्या सुनाउदै

दमक,१८ असार ।प्रतिनिधिसभाको कृषि तथा प्राकृतिक स्रोत समितिले झापाका किसानले भोग्दै आएका समस्या र समाधानका उपायबारे सुझाव संकलन थालेको छ । राष्ट्रिय कृषि आधुनिकीकरण कार्याक्रम

आगामी मौद्रिक नीतिका लागि शेयर लगानीकर्ता संघको राष्ट्र बैंकलाई ५ बुँदे सुझाव

काठमाडौं,१८ असार । आगामी आर्थिक वर्ष २०८३ / ८४ को मौद्रिक नीतिलाई पूँजीबजारमैत्री बनाउन शेयर लगानीकर्ता संघ नेपालले नेपाल राष्ट्र बैंक समक्ष पाँच बुँदे सुझाव

आज असार १८ गते बसेको मन्त्रिपरिषद्को बैठकका १० निर्णयहरु

काठमाडौँ, १८ असार ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले महत्वपूर्ण १० निर्णय गरेको छ । सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री

मधेश प्रदेश सभाको बैठक दोस्रो दिन पनि अवरुद्ध

जनकपुर,१८ असार । मधेश प्रदेश सभाको बैठक विहीबार दोस्रो दिन पनि अवरुद्ध भएको छ । सभामुख रामअशिष यादवले बैठक अनिश्चित कालका लागि स्थगित भएको घोषणा

सहकारी संशोधन विधेयक बहुमतले पारित

काठमाडौं,१८ असार । प्रतिनिधिसभाले सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ बहुमतले पारित गरेको छ। बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा

‘इमेज सहकारीका बचतकर्ताको रकम कहिले र कसरी फिर्ता हुन्छ?’: सांसद शर्मा

काठमाडौं,१८ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सोम शर्माले इमेज सहकारीका बचतकर्ताले आफ्नो बचत रकम कहिले र कुन कानुनी प्रक्रियाबाट फिर्ता पाउने भन्ने