काठमाडौँ,१२ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा. स्वर्णिम वाग्लेले जनताले दिएको मतलाई न्याय गर्दै अघि बढ्ने बताउनु भएको छ।
बिहीबार संसद् भवन सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै वाग्लेले यस पटक जनताले आफूहरूलाई ठुलो विश्वास गरेको मत दिएको भन्दै जनताले दिएको मतलाई न्याय गर्दै अघि बढ्ने बताउनु भएको हो ।
अब बन्ने सरकारको प्राथमिकता सुशासन र आर्थिक पुनर्संरचना हुने उहाँको भनाइ छ । त्यस्तै उहाँले गुणस्तरीय पुनर्निर्माणमा समेत सरकारको ध्यान केन्द्रित रहने धारणा राख्नु भएको छ ।









