काठमान्डौँ ११ चैत। प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूको शपथग्रहण कार्यक्रम सम्पन्न भएको छ। प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सांसदहरूलाई शपथग्रहण गराएका हुन्।
संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले कार्यक्रममा सबै सांसदहरूलाई स्वागत गर्दै निर्वाचन आयोगले चैत ५ गते निर्वाचन परिणाम राष्ट्रपतिसमक्ष बुझाएको जानकारी दिनुभयो ।
उहाँका अनुसार बानेश्वरस्थित संसद् भवन ‘जेनजी आन्दोलन’का क्रममा क्षतिग्रस्त भएको र नयाँ भवन अझै तयार नभएकाले संसद् सचिवालय व्यवस्थापनमा चुनौती देखिएको छ। सोही कारण बहुउद्देश्यीय हललाई अस्थायी रूपमा संसद् सञ्चालनका लागि तयार पारिएको उहाँले बताउनु भयो ।महासचिव पाण्डेयले हतारहतारमा उक्त हल निर्माण गरी संसद् सञ्चालनको व्यवस्था मिलाइएको पनि स्पष्ट पारे।









