काठमान्डौैं,१२ चैत। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नयाँ सरकारलाई सकारात्मक र रचनात्मक काममा सहयोग गर्ने बताउनु भएको छ ।
बिहीबार संसद भवन, बानेश्वरमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई शुभकामना दिँदै नयाँ सरकारलाई सकारात्मक र रचनात्मक काममा सहयोग गर्ने बताएका हुन्। साथै, उहाँले जनआन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन अध्ययन गरिरहेको प्रतिक्रिया पनि दिनुभएको छ ।
उहाँले शान्तिपूर्ण निर्वाचन हुनु सबैका लागि राम्रो भएको उल्लेख गर्नुभयो ।









