दमकमा मकै पकेट कार्यक्रम : किसानको लगानीमा ८० प्रतिशत सम्म मुनाफा

दमक, १२ चैत्र । दमक नगरपालिका वार्ड २ मा ४५ बिगाहमा यहाँका किसानले मकै खेती गरेका छन् । यही खेतीबाट यस क्षेत्रका किसानले मनग्गे आम्दानी समेत गर्र्दै आएको प्रतिकृया दिन्छन् । एक वर्षमा तीन पटक सम्म मकै खेती गर्ने र मकै बेच्न कहि पनि जानै नपर्ने भन्दै निकै उत्साही हुनुहुन्छ यहाँका किसान नन्दी केशर दंगाल ।

 

किसानमा देखिएको यो उत्साहमा राज्यको होस्टेमा हैसे सहितको साथ छ । किसान बाली लगाउन तयार । राज्य त्यसकालागि आवश्यक पर्ने सिचाई, मल , बिउ र प्राविधिक सहषेग गर्न तयार । यी दुई पक्षको संयोजनले दमकमा ४५ बिगाहमा किसानले तीन बाली सम्म मकै खेती गरीरहेका छन् र यसबाट मनग्गे आम्दानी समेत गरीरहेका छन् ।

 

दमकमा मकै खेती गर्ने किसानकालागी संघीय सरबाट आएको ससर्त अनुदानको बजेट अन्तर्गत सात वटा पानी तान्ने मेसिन, ८५ प्र्रतिशत अनुदानमा उपलब्ध गराइएको छ भने मल र बिउमा ५० प्रतिशत सम्म अनुदान उपलब्ध गराइएको छ । साथै किसानलाई जतिबेला पनि चाहिएको प्राविधिक सहयोग दमक नगरपालिकाले निशुल्क उपलब्ध गराउँलै आएको छ । यी कुराको पुर्ती गरीदिएपछि दमकमा मकैको पकेट कार्यक्रम चल्न सकिरहेको छ ।

 

हेर्दा सानो सहयोग । तर यसले किसानमा गहिरो प्रभाव पारेको छ । किसानसँग राज्य र सरकार छ है भन्ने मात्रै अनुभूति गराउदा मात्रै पनि दमकमा व्यवसायीक रुपमा यो वर्ष ४५ बिगाह जमिनमा मकै खेती भयो । यो क्षेत्रकालागी आवश्यक पर्ने प्रविधिको सहयोग पर्याप्त भएसगै अव यसरीनै अर्को समुह तयार गरी खेतीको क्षेत्र समेत बिस्तार गरेर दमकको बाँझो जमिनलाई उत्पादनसग जोड्दै जाने रणनितीमा दमक नगरपालिका रहेको नगरकी उप प्रमुख रेगिना भट्टराई प्रसाईले जानकारी दिनुभयो ।

 

दमकको जमिन उर्वर छ । यहाँ जहाँ जे रोपेपनि त्यसको फसल राम्रै आउँछ । तर दमकको खेतीयोग्य जमिन अझै कयौ क्षेत्रफल बाँझै छ । यस्ता उर्वर भूमि बाझो राखेर केहि हजार रुपैँया कमाउन भन्दै विदेशीने यूवाहरुलाई आफ्नै जमिनमा सम्भावना देखाएर उत्पादनमा जोड्ने हो भने दमकले आफ्नो आवश्यकता आफै पुर्ति गर्न सक्ने थियो । यस प्रति दमक नगरपालिकाको कार्यपालिका तथा नगरसभाले पक्कै पनि नयाँ र परिस्कृत कार्यक्रम ल्याउन आवश्यक छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

मानव–वन्यजन्तु द्वन्द्व समाधानमा राजनीतिक दलहरू गम्भीर हुनुपर्छः गगन थापा

काठमाडौं,१ साउन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मानव–वन्यजन्तु द्वन्द्व नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण विषय भएकाले यसको समाधान राजनीतिक दलहरूको प्राथमिकतामा पर्नुपर्ने बताउनु भएको

पूर्वअर्थमन्त्री पौडेललाई साधारण तारेखमा छाड्न अदालतको आदेश

काठमाडौं,१ साउन । विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई साधारण तारेखमा छाड्न आदेश दिएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा प्रतिवादी बनाइनु भएको

कोशी मन्त्रिपरिषद्का तीन निर्णय

विराटनगर ,१ असार।  कोशी प्रदेश सरकारले ग्रामीण सडक आयोजना, सार्वजनिक खरिद प्रक्रिया र ‘म अघि बढ्छु’ कार्यक्रमसँग सम्बन्धित तीन महत्वपूर्ण प्रस्ताव स्वीकृत गरेको छ ।

सरकार र मिटरब्याज पीडितबीच ९ बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडौं,१ साउन । विगत ९ दिनदेखि जारी मिटरब्याज विरुद्धको आन्दोलन अन्ततः स्थगित भएको छ । मिटरब्याज पीडित पक्ष र सरकारबीच आज ९ बुँदे सहमति भएसँगै

हराएको वा बिग्रेको सिमको अनलाइनबाटै आवेदन दिन सकिने

काठमाडौं ,१ असार। नेपाल टेलिकमले हराएको वा बिग्रेको सिमकार्डको सट्टा नयाँ सिम लिनका लागि अनलाइनबाटै आवेदन दिन सकिने नयाँ सेवा सञ्चालनमा ल्याएको छ। टेलिकमले शुक्रबार

राष्ट्र बैंक ऐन संशोधन विधेयकमा खुला छलफल गर्न सरकार तयारः अर्थमन्त्री

काठमाडौँ,१ साउन । प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको शुक्रबार बसेको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न ल्याइएको विधेयकमाथि दफावार छलफल गरिएको छ ।