दमक, १२ चैत्र । नेपालकै नमुना विद्यालयको रुपमा स्थापीत दमक २ मा रहेको हिमालय माद्ययमिक विद्यालयले यो वर्ष ६ सय जना भन्दा बढि नयाँ विद्यार्थी लिने गरी आफ्नो क्षमता बढाएको छ ।
हरेक वर्ष यो विद्यालयमा पढ्न भनेर आउने विद्यार्थीहरु सिमित सिट भएका कारण फर्कनु परेको थियो । तर यो वर्ष त्यसरी फर्केनेको संख्या कम हुने आँकलन विद्यालयको छ । विद्यलयले अहिले नयाँ भवन थपीरहेको छ । आगामी शैक्षीक सत्र देखीनै त्यसलाई सञ्चालनमा ल्याउने गरी धमाधम काम गरीरहेको छ । त्यस कारण यो वर्ष ६ सय बढि नयाँ विद्यार्थीले यहाँ सिट पाउन सक्ने विद्यालयका प्रधानाध्यापक द्रोण बहादुर श्रेष्ठले जानकारी दिनुभयो ।
अहिले नै यो विद्यालयमा ३ हजार ६ सय ४१ जना विद्यार्थीले अध्यन गरिरहेका छन् । यो विद्यालयको अनुशाषन, शिक्षण पद्धती, विद्यार्थीहरुलाई अधिकतम अतिरिक्त कृयाकलपामा सहभागी गराउने र ती कृयाकलपामा सबै स्तरका प्रतियोगीतामा कुनै न कुनै उपाधी जीतेरनै आउने भएकोेले पनि यस विद्यालयमा विद्यार्थीको आकर्षण बढेको हुन सक्ने प्रधानाध्यापकको भनाई छ ।
खास गरी विद्यालयले पछिल्लो समय विद्यार्थीलाई पढ्नै , सिक्दै र कमाउदै जस्ता कार्यक्रम पनि चलाइरहेको छ । यसले यहाँ अध्ययन गरीरहेका विद्यार्थीले कहि काम गर्न जानु पर्यो भने सहजै अवसर पाउने गरेका पनि छन् । यसरी विद्यार्थीलाई कितावी ज्ञानमा मात्रै सिमित नराखी सिप र सस्कार सहित अनी अन्तरनिहित क्षमताको विकासमा समेत विद्यालयले ध्यान दिइरहेको प्रधानाध्यापक श्रेष्ठले बताउनु भयो ।
हिमालय माद्यमिक विललयलाई पूर्वि नेपालकै एउटा सस्कारयूक्त, गुणस्तरीय, प्रविधियूक्त शिक्षा दिने मात्र नभई उद्यम तर्फ समेत आकर्षण गर्ने लक्ष्य राखेको छ । यती मात्रै नभएर विद्यार्थीको अन्तरनिहित क्षमताको पहिचान गरी त्यसलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तर सम्ममा पुर्याउने गरीका कार्यक्रमहरु समेत सञ्चालन गर्ने लक्ष्य विद्यालयको छ । विद्यालयले नयाा आउने विद्यार्थीकालागी भर्ना आवश्यान गरीसकेको छ । सो नयाँ भर्नाको प्रवेश परिक्षा यही चैत्र २८ गतेकालागी तोकीएको छ ।









