काठमाडौं, चैत । गृहमन्त्री सुधन गुरुङले ललितपुरको सातदोबाटोमा रहेको सशस्त्र प्रहरी बलको निरीक्षण गर्नु भएको छ । शनिबार उहाँले सशस्त्र प्रहरी बलसँगै ललितपुर प्रहरी कार्यालयको समेत निरीक्षण गर्नु भएको हो ।
उहाँ आफैं गाडी चलाएर काठमाडौँ र ललितपुरका विभिन्न स्थानको अनुगमनमा निस्किनु भएको हो ।
मन्त्री गुरुङ शनिबार बिहानै पहिला रामहापथस्थित उपत्यका ट्राफिक प्रहरी कार्यालय बग्गीखाना पुग्नु भएको थियो भने उहाँले उपत्यका ट्राफिक प्रहरी कार्यालयको समेत निरीक्षण गर्नु भएको छ ।









