जनता क्याम्पसमा छात्रावास निर्माण सुरु,पूर्वी पहाड र मधेशका विद्यार्थीलाई प्राथमिक्ता

विराटनगर,१४ चैत । सुनसरीको इटहरीमा रहेको जनता बहुमुखी क्याम्पसमा अध्ययन गर्न टाढाटाढाबाट आउने विद्यार्थीका लागि दीर्घकालीन समाधान खोज्दै छात्र तथा छात्राका लागि छुट्टाछुट्टै छात्रावास निर्माण कार्य सुरु गरिएको छ । यसलाई क्याम्पसले ‘शिक्षामा पहुँच विस्तार’ को रणनीतिक कदमका रूपमा अघि बढाएको जनाएको छ ।

झण्डै पाँच करोड रुपैयाँ लागतमा बन्ने छात्रावासको शनिबार क्याम्पस सञ्चालक समिति अध्यक्ष विकास केसीले सिलान्यास गर्नु भएको हो ।
संघीय सरकारको बहुवर्षीय योजनाअन्तर्गत चालु आर्थिक वर्षमा पहिलो किस्ताबापत १ करोड ४२ लाख रुपैयाँ निकासा भएपछि निर्माण प्रक्रिया अघि बढाइएको हो ।

पहिलो चरणमा छात्र र छात्राका लागि अलग–अलग एकतले भवन निर्माण गरिनेछ, जसमा प्रत्येकतर्फ १४–१४ वटा कोठा रहनेछन् । निर्माणको जिम्मा चारुमति कन्ट्रक्सन प्रालि ले पाएको छ । ठेकेदार जीवन तिम्सिनाका अनुसार पहिलो चरणको काम २०८४ पुस मसान्तभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

क्याम्पसका पदाधिकारीहरूका अनुसार छात्रावास निर्माणले विशेषगरी पूर्वी पहाडी जिल्ला र मधेश प्रदेश बाट आउने विद्यार्थीलाई ठूलो राहत दिनेछ । हाल ती विद्यार्थीहरूलाई डेरा खोज्ने र महँगो भाडा तिर्ने बाध्यता रहेको छ । छात्रावास बनेपछि त्यस्तो समस्या अन्त्य हुने विश्वास लिइएको छ ।
क्याम्पस प्रमुख डा। गीता अधिकारीका अनुसार दुर्गम र आर्थिक रूपमा कमजोर परिवारका विद्यार्थीलाई उच्च शिक्षामा पहुँच विस्तार गर्न छात्रावास निर्णायक बन्नेछ । ‘नियमित उपस्थिती,अध्ययनमा निरन्तरता र समग्र शैक्षिक उपलब्धीमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरेका छौं,’ उहाँले भन्नु भयो ।
जनता क्याम्पसले पछिल्लो समय विद्यार्थीमैत्री सेवाहरू विस्तार गर्दै आएको छ । हाल क्याम्पसले ७ वटा बसमार्फत सुनसरी र पूर्वी मोरङका विभिन्न स्थानबाट विद्यार्थीलाई निःशुल्क आवतजावत सुविधा दिँदै आएको छ ।

यसैबीच, क्याम्पसले अन्तर्राष्ट्रिय शैक्षिक सहकार्यलाई समेत प्राथमिकता दिएको छ । भारतका बाबा मस्तनाथ विश्वविद्यालय र श्री जे जे टी विश्वविद्यालय सँग सम्झौता गर्दै शैक्षिक आदान–प्रदानलाई विस्तार गरिएको छ ।

विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता प्रत्यायन प्राप्त गरिसकेको क्याम्पसमा हाल स्नातक र स्नातकोत्तर तहका विभिन्न कार्यक्रम सञ्चालनमा छन् भने कक्षा ११–१२ समेत पढाइ हुँदै आएको छ । क्याम्पसमा हाल ५ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

झापाका माछा किसान संसदीय समितिका सभापतिलाई समस्या सुनाउदै

दमक,१८ असार ।प्रतिनिधिसभाको कृषि तथा प्राकृतिक स्रोत समितिले झापाका किसानले भोग्दै आएका समस्या र समाधानका उपायबारे सुझाव संकलन थालेको छ । राष्ट्रिय कृषि आधुनिकीकरण कार्याक्रम

आगामी मौद्रिक नीतिका लागि शेयर लगानीकर्ता संघको राष्ट्र बैंकलाई ५ बुँदे सुझाव

काठमाडौं,१८ असार । आगामी आर्थिक वर्ष २०८३ / ८४ को मौद्रिक नीतिलाई पूँजीबजारमैत्री बनाउन शेयर लगानीकर्ता संघ नेपालले नेपाल राष्ट्र बैंक समक्ष पाँच बुँदे सुझाव

आज असार १८ गते बसेको मन्त्रिपरिषद्को बैठकका १० निर्णयहरु

काठमाडौँ, १८ असार ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले महत्वपूर्ण १० निर्णय गरेको छ । सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री

मधेश प्रदेश सभाको बैठक दोस्रो दिन पनि अवरुद्ध

जनकपुर,१८ असार । मधेश प्रदेश सभाको बैठक विहीबार दोस्रो दिन पनि अवरुद्ध भएको छ । सभामुख रामअशिष यादवले बैठक अनिश्चित कालका लागि स्थगित भएको घोषणा

सहकारी संशोधन विधेयक बहुमतले पारित

काठमाडौं,१८ असार । प्रतिनिधिसभाले सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ बहुमतले पारित गरेको छ। बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा

‘इमेज सहकारीका बचतकर्ताको रकम कहिले र कसरी फिर्ता हुन्छ?’: सांसद शर्मा

काठमाडौं,१८ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सोम शर्माले इमेज सहकारीका बचतकर्ताले आफ्नो बचत रकम कहिले र कुन कानुनी प्रक्रियाबाट फिर्ता पाउने भन्ने