कानुनी प्रक्रिया मिचेर कारबाही गर्न मिल्दैन : कानुनविद्

काठमाडौं,१५ चैत । नेपाल बार एसोसिएसनका अध्यक्ष प्राध्यापक डाक्टर विजय प्रसाद मिश्रले शान्तिपूर्वक घरमा बसेर कानुनी प्रक्रियामा सहयोग गर्न तयार रहेका व्यक्तिलाई राज्यले पक्राउ गरेर कारबाही गर्नु उचित नहुने बताउनु भएको छ ।
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पक्राउबारे कानुनविद्हरूसँग गरिएको संवाद कार्यक्रममा बोल्दै उहाँले राज्यले कारबाही गर्दा स्थापित कानुनी प्रक्रिया र संयम अपनाउनुपर्नेमा जोड दिनु भएको हो ।

उहाँले भन्नु भयो, ‘शान्त रूपमा घरमा बसेको र कानुनी प्रक्रियालाई सहयोग गर्ने व्यक्तिलाई पक्राउ गर्नु उचित होइन । कारबाही अपवादका रूपमा गरिनुपर्छ । राज्यले आफ्नो संयन्त्रमार्फत विवेकपूर्ण ढंगले काम गर्नुपर्छ, विदाको दिन वा बिहान सबेरै पक्राउ गर्ने जस्ता कार्य उपयुक्त हुँदैनन् ।’
उहाँले पक्राउ प्रक्रिया कानुनी रूपमा अघि बढाइनुपर्ने उल्लेख गर्दै अदालतको स्वीकृति बिना यस्तो कदम चाल्न नहुने बताउनु भयो । ‘उजुरी परेपछि अनुसन्धान, प्रमाण संकलन र त्यसपछि पक्राउ पुर्जीका लागि अदालतमा जानुपर्छ । अदालतले दुवै पक्षको कुरा सुनेर निर्णय गर्छ । त्यसपछि मात्र प्रक्रिया अघि बढ्नुपर्छ,’ उहाँले भन्नु भयो । साथै, कार्की आयोगले गरेको जेनजी प्रतिवेदन तयार पार्दा प्रमाण संकलनमा कमजोरी देखिएको समेत उहाँले टिप्पणी गर्नु भयो ।

यसैगरी वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले कार्की आयोगको प्रतिवेदनमाथि प्रश्न उठाउँदै त्यसले ‘सेलेक्टिभ जसटिस’को बाटो खोलेको आरोप लगाउनु भएको छ । उहाँले भदौ २३ र २४ गतेका घटनाको समान रूपमा छानबिन हुनुपर्ने भए पनि प्रतिवेदनले २३ गतेका घटनालाई मात्र प्राथमिकता दिएको बताउनु भयो ।

त्रिपाठीले भन्नु भयो , ‘२४ गतेका घटनालाई कपटपूर्ण र बदनियतपूर्ण ढंगले पन्छाइएको देखिन्छ । त्यही घटनाक्रमबाट अन्तरिम सरकार गठन भएको थियो, तर प्रतिवेदनले त्यसलाई गम्भीर रूपमा समेटेको छैन ।’
कार्की आयोगले जेनजी आन्दोलनका क्रममा लापरबाही र हेलचेक्र्याइँका कारण जनधनको क्षति भएको निष्कर्ष निकाल्दै पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई जिम्मेवार ठहर गरेको थियो । सोही आधारमा सरकारले उहाँहरूलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको जनाएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धनकुटामा साढे दुई करोडको आठपहरिया सङ्ग्रहालय अलपत्र

धनकुटा,१९ कार्तीक । आठपहरिया समुदायको मौलिक कला, संस्कृति, इतिहास र परम्परागत जीवनशैली संरक्षण गर्ने उद्देश्यले धनकुटामा दुई करोड ५८ लाख रुपैयाँ खर्चेर निर्माण गरिएको आठपहरिया

तुलसी सहकारीका पीडितसँग दमकमा प्रशासनको छलफल, बचत फिर्ताको प्रक्रिया अघि बढाउने प्रतिबद्धता

दमक, १९ कात्तिक । लामो समयदेखि बचत रकम फिर्ता नपाएर समस्यामा परेका तुलसी बहुमुखी सहकारीका दमक शाखाका बचतकर्ताको समस्या समाधानका लागि झापाको स्थानीय प्रशासनले पहल

दमकमा ५० विगाह क्षेत्रफल जग्गामा बन्दै छ बहुउद्देश्यीय पार्क, लगानी नगरपालिकाले खोज्ने

दमक, १९ कार्तिक । दमकमा घुम्न जाने ठाउँ खासै छैन । जति छ एउटा दमक फन पार्क अर्को दमक १० मा रहेको इन्द्रेणी ताल ।

ग्यास उद्योग मर्जरका लागि आयकर छुटको माग

काठमाडौं,१९ कार्तीक । नेपाल एल.पि. ग्यास उद्योग संघले ग्यास उद्योगहरू एक–आपसमा गाभ्न (मर्जर) का लागि आयकर छुटको व्यवस्था मिलाइदिन नेपाल आयल निगमसँग माग गरेको छ

भ्रष्टाचार मुद्दाका प्रतिवादी मन्त्रीसँगै सार्वजनिक कार्यक्रममा

इटहरी,१९ कार्तीक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट भ्रष्टाचार मुद्दामा विशेष अदालतमा प्रतिवादी बनाइएका कोशी प्रदेश खेलकुद विकास बोर्डका उपाध्यक्ष बसन्तराज अर्याल प्रदेश सरकारका मन्त्रीसँगै सार्वजनिक

सुनकोशी–मरिन डाइभर्सनको ठेक्का फेरि रद्द, आयोजना अन्योलमा

काठमाडौँ,१९ कार्तीक । राष्ट्रिय गौरवको आयोजना सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना यतिबेला अन्योलको भुमरीमा फसेको छ ।नेपालको समग्र आर्थिक तथा सामाजिक विकाससँग जोडिएको र उच्च प्राथमिकतामा