कारबाही अघि बढाउन माग गर्दै शोभा पाठक अदालतमा

काठमान्डौं,१५ चैत। शोभा पाठकले महेश बस्नेतलाई पक्राउ गर्न माग गर्दै आइतबार जिल्ला प्रहरी परिसर काठमाडौं पुग्नु भएको छ ।

 

बलात्कारको आरोप लगाउँदै उहाँले यसअघि नै बस्नेतविरुद्ध उजुरी दर्ता गराइसक्नु भएको छ । सोही मुद्दामा कारबाही अघि बढाउन माग गर्दै उहाँ जिल्ला प्रहरी परिसर र सरकारी वकिलको कार्यालय पुग्नु भएको हो।

 

प्रहरी परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै पाठकले नयाँ सरकारले आफूलाई न्याय दिलाउने विश्वास व्यक्त गर्नु भएको छ । उहाँले प्रमाणका आधारमा न्याय हुने अपेक्षा राख्नु भएको छ।

पाठकले बस्नेतलाई तत्काल पक्राउ गर्न नसक्नुको कारणबारे लिखित जवाफ माग गर्दै, उहाँलाई पहिले नै नियन्त्रणमा लिनुपर्ने दाबी पनि गर्नु भएको छ। साथै, उहाँले केपी शर्मा ओलीमाथि बस्नेतलाई संरक्षण दिएको आरोप लगाउनु भएको छ ।

 

उहाँले अब न्याय प्रक्रिया अगाडि बढ्ने विश्वास व्यक्त गर्दै सुधन गुरुङको कार्यसम्पादनको प्रशंसा समेत गर्नु भएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

वैदेशिक रोजगारीमा ठगी गर्नेलाई सरकारको कडा चेतावनी:एकैदिन १९ विरुद्ध पक्राउ पुर्जी, २५ नयाँ मुद्दा दर्ता

काठमाडौँ, १९ असार । वैदेशिक रोजगारीका नाममा सोझासाझा श्रमिकलाई ठग्ने र कानुन उल्लंघन गर्नेहरू माथि सरकारले आफ्नो निगरानी र कारबाहीलाई तीव्र बनाएको छ। वैदेशिक रोजगार

एआई फर गुड ग्लोबल समिटमा भाग लिने नेपाली विद्यार्थी टोलीद्वारा सञ्चारमन्त्रीसँग भेट

काठमाडौँ, १९ असार : संयुक्त राष्ट्रसंघीय एजेन्सी अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आइटियु) ले यहि जुलाई ७ देखि १० सम्म स्वीट्जरल्याण्डमा आयोजना गर्न लागेको ‘एआई फर गुड

खोला किनारका बासिन्दाको दुःख केही समयका लागि मात्रै होः लामिछाने

काठमाडौं,१९ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले खोला किनारमा बसोबास गर्ने नागरिकको व्यवस्थापनका क्रममा केही असहजता भए पनि दीर्घकालीन रूपमा यसको सकारात्मक

अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गरिए जेल भर्ने धवलशम्शेरको चेतावनी

काठमाडौं,१९ असार । नेता धवलशम्शेर राणाले अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुनेगरी कानुन ल्याइए आफूहरू आन्दोलनमा उत्रिने चेतावनी दिनु भएको छ। शुक्रबार पत्रकार सम्मेलनपछि सञ्चारकर्मीसँग कुरा गर्दै

निजामती कर्मचारी अस्पतालको नयाँ सेवा इकाई मन्त्रालयमै सुरु

काठमाडौं,१९ असार । निजामती कर्मचारी अस्पतालको सेवा इकाई सञ्चालनमा आएको छ । आज शुक्रबारदेखि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय भवनको तल्लो तलामा सेवा इकाई

दोषीको सम्पत्ति रोक्का देखि विदेश यात्रामा प्रतिबन्धसम्म

काठमाडौं,१९ असार । सहकारी क्षेत्रलाई थप व्यवस्थित, पारदर्शी र जवाफदेही बनाउन सरकारले विधेयकमार्फत नयाँ प्रक्रिया अगाडि बढाएको छ । सरकारले सहकारी (पहिलो संशोधन) विधेयक, २०८३