“बाजुरामा एमालेको विरोध प्रदर्शन: ओली र लेखकको रिहाई माग”

बाजुरा,१५ चैत । नेकपा एमाले जिल्ला कमिटी बाजुराले विरोध प्रर्दशन गरेको छ । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउविरुद्ध एमाले बाजुराले विरोध प्रर्दशन गरेको हो ।
शनिबार एमालेका जनसंगठनले विरोध गरेको थिए भने आज जिल्ला पार्टी कमिटीको आयोजनामा प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारी कार्यालयमा विरोधपत्र बुझाइएको हो ।

 

केन्द्रीय कमिटीको निर्णय अनुसार ओलीको रिहाईको माग गर्दै विरोध प्रर्दशनी गरिएको नेकपा एमाले जिल्ला कमिटी बाजुराका सचिव काँशी विकले बताउनु भयो ।

 

नवनियुक्त सरकारले सुरुमै प्रतिशोधका आधारमा पूर्वप्रधानमन्त्री एमाले अध्यक्ष ओली र पूर्वगृहमन्त्री कांग्रेस नेता रमेश लेखकलाई गैरकानुनी तवरले प्रकाउ गरिएको भन्दै विरोध गरिएको उहाँले जानकारी दिनु भयो।
गैरकानुनी रूपमा गिरफ्तार गरिएकोप्रति आपत्ती जनाउँदै वर्तमान सरकारको यो कदमले देश झन अस्थिरताको बाटोमा जाने बताइएको हो । पार्टी कार्यालयबाट सुरु भएको विरोध प्रर्दशन खुलामञ्च हुँदै लोकतान्त्रिक चोकमा आएर कोणसभाको रुपमा परिणत भएको थियो ।

कोणसभा कार्यक्रममा बोल्दै एमाले जिल्ला कमिटी बाजुराका अध्यक्ष लालबहादुर ओलीले रास्वपा सरकारले गैरकानुनी, गैरजिम्मेवार र वदनीयत रुपमा प्रतिशोध साँधेर पक्राउ गर्नु कानुन सम्मत नभएको बताउनु भएको छ ।

उहाँले पार्टी अध्यक्ष ओली र कांग्रेस नेता लेखकलाई सरकार गठनको २४ घण्टा नबित्दै हतार–हतारमा पक्राउ गर्नु सरकाले प्रष्ट रुपमा प्रतिशोध साँधेको बुझिएको प्रष्ट पार्नु भएको छ।
साथै उहाँले कार्की आयोगको प्रतिवेदन पूर्ण नभएको अध्ययनहरूले देखाएकाले सरकार गठन भएको पहिलो दिनमै उक्त प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गलत रहेको समेत बताउनु भयो ।
त्यस्तै नेकपा एमाले उपाध्यक्ष जनक बोहराले सरकारको कदम राजनीतिक पूर्वाग्रहबाट प्रेरित भएको आरोप लगाउनु भएको छ। तत्काल ओली र लेखकलाई पक्राउ गर्नु अत्यन्तै संवेदनशील र दूरगामी विषय रहेको टिप्पणी गर्नु भएको छ। मौका पायौं भन्दैमा कसैले बदनियत र गैरकानुनी काम गर्न समेत नहुने उहाँले प्रष्ट पार्नु भएको छ ।

 

सरकारले देशको सार्वभौम,लोकतन्त्र र मुल्यमान्यताको ख्याल गरि देशमा पुनः द्वन्द्व नभई शान्ति सिर्जना गर्नुपर्ने बताउनु भयो । सरकारको यस्तो प्रतिशोध भावनाले देशमा थप द्वन्द्व सिर्जना भई भयावह स्थिति आउन सक्ने समेत बताउनु भएको छ। विरोध प्रर्दशनमा एमाले नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

झापाका माछा किसान संसदीय समितिका सभापतिलाई समस्या सुनाउदै

दमक,१८ असार ।प्रतिनिधिसभाको कृषि तथा प्राकृतिक स्रोत समितिले झापाका किसानले भोग्दै आएका समस्या र समाधानका उपायबारे सुझाव संकलन थालेको छ । राष्ट्रिय कृषि आधुनिकीकरण कार्याक्रम

आगामी मौद्रिक नीतिका लागि शेयर लगानीकर्ता संघको राष्ट्र बैंकलाई ५ बुँदे सुझाव

काठमाडौं,१८ असार । आगामी आर्थिक वर्ष २०८३ / ८४ को मौद्रिक नीतिलाई पूँजीबजारमैत्री बनाउन शेयर लगानीकर्ता संघ नेपालले नेपाल राष्ट्र बैंक समक्ष पाँच बुँदे सुझाव

आज असार १८ गते बसेको मन्त्रिपरिषद्को बैठकका १० निर्णयहरु

काठमाडौँ, १८ असार ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले महत्वपूर्ण १० निर्णय गरेको छ । सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री

मधेश प्रदेश सभाको बैठक दोस्रो दिन पनि अवरुद्ध

जनकपुर,१८ असार । मधेश प्रदेश सभाको बैठक विहीबार दोस्रो दिन पनि अवरुद्ध भएको छ । सभामुख रामअशिष यादवले बैठक अनिश्चित कालका लागि स्थगित भएको घोषणा

सहकारी संशोधन विधेयक बहुमतले पारित

काठमाडौं,१८ असार । प्रतिनिधिसभाले सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ बहुमतले पारित गरेको छ। बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा

‘इमेज सहकारीका बचतकर्ताको रकम कहिले र कसरी फिर्ता हुन्छ?’: सांसद शर्मा

काठमाडौं,१८ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सोम शर्माले इमेज सहकारीका बचतकर्ताले आफ्नो बचत रकम कहिले र कुन कानुनी प्रक्रियाबाट फिर्ता पाउने भन्ने