अध्यक्ष ओलीको रिहाईको माग गर्दै झापामा एमालेले बुझायो विरोधपत्र

बिर्तामोड,१५ चैत । नेकपा एमाले झापाले जिल्ला प्रशासन कार्यालय मार्फत सरकारलाई विरोध पत्र बुझाएको छ । आज भद्रपुर स्थित ट्रेड युनियन चोकमा भेला भई एमालेले सरकार विरुद्ध नारावाजी गर्दै विरोधपत्र बझाएको हो ।

सयौंको संख्यामा उपस्थित एमालेले सरकारको चर्को विरोध गर्दै पार्टी अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको रिहाईको माग गर्दै विरोध पत्र बुझाएको हो । एमाले झापाका अध्यक्ष प्रेम गिरीले प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई विरोध पत्र बुझाउनु भएको हो । विरोध पत्र बुझाउदैं अध्यक्ष गिरीले वर्तमान सरकारले पार्टी अध्यक्ष ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई गरेको पक्राउलाई गैरकानुनी, पूर्वाग्रही र प्रतिशोधपूर्ण रहेकाले बताउनु भएको थियो ।

उहाँले भन्नु भयो‘यो कदम लोकतान्त्रिक मूल्यमान्यता र विधिको शासन विपरीत छ ।’ तत्काल यो कमदबाट सरकार पछि नहटे आन्दोलनका थप कार्यक्रम सार्वजनिक गर्दै अघि बढ्ने छौं, उहाँले भन्नु भयो। विरोध पत्र बुझ्दै प्रजिअ गेलालले सरकारलाई उक्त विरोध पठाउने प्रतिवद्धता जनाएको छ ।
पार्टीका केन्द्र, प्रदेश, जिल्ला र नगरका नेताहरुको उपस्थितिमा विरोध पत्र बुझाएको हो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

७३५ वटा शव फेला,२५ प्रहरी सम्पर्कविहीन, उद्धारमा ७ हजार बढी प्रहरी

काठमाडौं,१४ भदौ । रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीपछि २५ जना प्रहरी कर्मचारी हालसम्म सम्पर्कविहीन रहेको नेपाल प्रहरीले जनाएको छ ।बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका

चीनबाट राहत सामग्री लिएर सैन्य कार्गो विमान काठमाडौंमा अवतरण

काठमाडौं , भदौ १४ । भोटेकोशी बाढीका कारण चपेटामा परेको नेपाललाई चीन सरकारले राहत सामग्री उपलब्ध गराएको छ । ५० टन आपत्कालीन राहत सामग्री लिएर आइतबार

भोटेकोसी बाढीपीडित विद्यार्थी र विद्यालयलाई Grace International Group को २५ लाख सहयोग

काठमाडौं,१४ भदौ । भोटेकोसी नदीमा आएको बाढीबाट प्रभावित विद्यार्थी तथा विद्यालयका लागि Grace International Group ले २५ लाख रुपैयाँ सहयोग गरेको छ।बाढीका कारण रसुवालगायत विभिन्न जिल्लामा

बाढी–पहिरोको विपत्तिमा नेपाली एकजुट बनौँ, पीडितको साथमा उभिऔँ

काठमाडौं,१४ भदौ । नेपाल अहिले कठिन समयबाट गुज्रि रहेको छ । बाढी, पहिरो र प्राकृतिक विपत्तिले देशका विभिन्न भूभागमा ठूलो जनधनको क्षति पु¥याएको छ ।

टिमुरेमा ६ वर्षीया बालिकाको ६० घण्टापछि जीवितै उद्धार

काठमाडौँ , भदौ १३ । रसुवाको टिमुरे क्षेत्रबाट ६ वर्षीया बालिकाको जीवितै उद्धार भएको छ।बुधबार बिहान ९ नबज्दै तिब्बत क्षेत्रबाट आएको बाढीले रसुवागढी हुँदै टिमुरे

रसुवाको बाढीपछि धनगढीकी २४ वर्षीया पुष्पा शाही सम्पर्कविहीन

धनगढी,१३ भदौ । रसुवाको बेत्रावती क्षेत्रमा आएको भीषण बाढीपछि धनगढी उपमहानगरपालिका–५ की २४ वर्षीया पुष्पा शाही सम्पर्कविहीन हुनुन्छ । शाही एनएमबी लघुवित्त वित्तीय संस्था लिमिटेडको