अनुसन्धान जारी

मकैबारीमा फालिएकी नवजात शिशुको उद्धार

झापा, १६ चैत। झापाको कमल गाउँपालिका वडा नं ३ केर्खामा एक जना आमाले बच्चा जन्माएर मकैबारीमा फालिदिएको प्रहरीले जनाएको छ ।

रातभरि मकैबारीमा रहेकी नवजात शिशु( छोरी) लाई आज बिहान स्थानीयले उद्धार गरेका हुन् । आज बिहान ६ बजेर १० मिनेट तिर कमल ३ केर्खा बस्ने ४८ वर्षीय लिलाराज थापाको घरनजिकै रहेको करेसाबारीभित्र रहेको मकैबारीमा ती नवजात शिशुलाई फेला पारिएको थियो । थापाले आफ्नो मकैबारीमा बेवारिसे अबस्थामा शिशुलाई देखेर प्रहरीलाई खबर गरेका थिए ।

 

नाबालिका शिशुलाई स्थानीयबासीको सहयोगमा उद्धार गरी उपचारको लागि किओच बाल अस्पताल दमक पठाइएको प्रहरीले जनाएको छ । ती नाबालिकाको अबस्था तत्काल सामान्य रहेको छ । नाबालिका शिशुको आमाको पहिचान तथा खोजतलास भइरहेको प्रहरीले बताएको छ ।

एआई तस्बिर

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

७३५ वटा शव फेला,२५ प्रहरी सम्पर्कविहीन, उद्धारमा ७ हजार बढी प्रहरी

काठमाडौं,१४ भदौ । रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीपछि २५ जना प्रहरी कर्मचारी हालसम्म सम्पर्कविहीन रहेको नेपाल प्रहरीले जनाएको छ ।बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका

चीनबाट राहत सामग्री लिएर सैन्य कार्गो विमान काठमाडौंमा अवतरण

काठमाडौं , भदौ १४ । भोटेकोशी बाढीका कारण चपेटामा परेको नेपाललाई चीन सरकारले राहत सामग्री उपलब्ध गराएको छ । ५० टन आपत्कालीन राहत सामग्री लिएर आइतबार

भोटेकोसी बाढीपीडित विद्यार्थी र विद्यालयलाई Grace International Group को २५ लाख सहयोग

काठमाडौं,१४ भदौ । भोटेकोसी नदीमा आएको बाढीबाट प्रभावित विद्यार्थी तथा विद्यालयका लागि Grace International Group ले २५ लाख रुपैयाँ सहयोग गरेको छ।बाढीका कारण रसुवालगायत विभिन्न जिल्लामा

बाढी–पहिरोको विपत्तिमा नेपाली एकजुट बनौँ, पीडितको साथमा उभिऔँ

काठमाडौं,१४ भदौ । नेपाल अहिले कठिन समयबाट गुज्रि रहेको छ । बाढी, पहिरो र प्राकृतिक विपत्तिले देशका विभिन्न भूभागमा ठूलो जनधनको क्षति पु¥याएको छ ।

टिमुरेमा ६ वर्षीया बालिकाको ६० घण्टापछि जीवितै उद्धार

काठमाडौँ , भदौ १३ । रसुवाको टिमुरे क्षेत्रबाट ६ वर्षीया बालिकाको जीवितै उद्धार भएको छ।बुधबार बिहान ९ नबज्दै तिब्बत क्षेत्रबाट आएको बाढीले रसुवागढी हुँदै टिमुरे

रसुवाको बाढीपछि धनगढीकी २४ वर्षीया पुष्पा शाही सम्पर्कविहीन

धनगढी,१३ भदौ । रसुवाको बेत्रावती क्षेत्रमा आएको भीषण बाढीपछि धनगढी उपमहानगरपालिका–५ की २४ वर्षीया पुष्पा शाही सम्पर्कविहीन हुनुन्छ । शाही एनएमबी लघुवित्त वित्तीय संस्था लिमिटेडको