आजै आवेदनमा श्रम स्वीकृति पाइने व्यवस्था सुरु

काठमाडौं,१६ चैत।अब वैदेशिक रोजगारीमा जानेका लागि ठूलो राहतको खबर आएको छ। आजदेखि श्रम स्वीकृति पाउन टोकन लिनुपर्ने झन्झट अन्त्य भएको छ।

अबदेखि आवश्यक कागजात पूरा गरेर आवेदन दिएपछि सोही दिन श्रम स्वीकृति पाइने व्यवस्था लागू गरिएको छ। यसअघि दैनिक सीमित टोकन प्रणालीका कारण धेरै श्रमिकले दिनौं कुर्नुपर्ने समस्या भोग्दै आएका थिए।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको निर्देशनपछि वैदेशिक रोजगार विभागले नयाँ व्यवस्था लागू गरेको हो। कागजात मिलेको अवस्थामा नयाँ श्रम स्वीकृति र पुनः श्रम स्वीकृति दुवै आवेदन दिएको दिनमै उपलब्ध हुने विभागले जनाएको छ।
आइतबार मन्त्री दीपक कुमार साहको उपस्थितिमा बसेको बैठकले श्रम स्वीकृति प्रक्रियालाई छिटो, व्यवस्थित र श्रमिक मैत्री बनाउने निर्णय गरेको हो।
सरकारले श्रमिकको समय बचत, सेवा सहजता र वैदेशिक रोजगारीलाई सुरक्षित बनाउने लक्ष्यका साथ यो सुधार लागू गरेको बताएको छ। अब वैदेशिक रोजगारीका लागि प्रक्रिया झन् छिटो र सहज हुने अपेक्षा गरिएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

वैदेशिक रोजगारीमा ठगी गर्नेलाई सरकारको कडा चेतावनी:एकैदिन १९ विरुद्ध पक्राउ पुर्जी, २५ नयाँ मुद्दा दर्ता

काठमाडौँ, १९ असार । वैदेशिक रोजगारीका नाममा सोझासाझा श्रमिकलाई ठग्ने र कानुन उल्लंघन गर्नेहरू माथि सरकारले आफ्नो निगरानी र कारबाहीलाई तीव्र बनाएको छ। वैदेशिक रोजगार

एआई फर गुड ग्लोबल समिटमा भाग लिने नेपाली विद्यार्थी टोलीद्वारा सञ्चारमन्त्रीसँग भेट

काठमाडौँ, १९ असार : संयुक्त राष्ट्रसंघीय एजेन्सी अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आइटियु) ले यहि जुलाई ७ देखि १० सम्म स्वीट्जरल्याण्डमा आयोजना गर्न लागेको ‘एआई फर गुड

खोला किनारका बासिन्दाको दुःख केही समयका लागि मात्रै होः लामिछाने

काठमाडौं,१९ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले खोला किनारमा बसोबास गर्ने नागरिकको व्यवस्थापनका क्रममा केही असहजता भए पनि दीर्घकालीन रूपमा यसको सकारात्मक

अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गरिए जेल भर्ने धवलशम्शेरको चेतावनी

काठमाडौं,१९ असार । नेता धवलशम्शेर राणाले अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुनेगरी कानुन ल्याइए आफूहरू आन्दोलनमा उत्रिने चेतावनी दिनु भएको छ। शुक्रबार पत्रकार सम्मेलनपछि सञ्चारकर्मीसँग कुरा गर्दै

निजामती कर्मचारी अस्पतालको नयाँ सेवा इकाई मन्त्रालयमै सुरु

काठमाडौं,१९ असार । निजामती कर्मचारी अस्पतालको सेवा इकाई सञ्चालनमा आएको छ । आज शुक्रबारदेखि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय भवनको तल्लो तलामा सेवा इकाई

दोषीको सम्पत्ति रोक्का देखि विदेश यात्रामा प्रतिबन्धसम्म

काठमाडौं,१९ असार । सहकारी क्षेत्रलाई थप व्यवस्थित, पारदर्शी र जवाफदेही बनाउन सरकारले विधेयकमार्फत नयाँ प्रक्रिया अगाडि बढाएको छ । सरकारले सहकारी (पहिलो संशोधन) विधेयक, २०८३