रौतहटमा एसइईको अन्तिम तयारी : १० हजार बढी विद्यार्थी सहभागी हुँदै

रौतहट,१७ चैत । यही चैत १९ गतेदेखि देशभर सञ्चालन हुन लागेको माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ का लागि रौतहट जिल्लामा सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ । शिक्षा विकास तथा समन्वय इकाई रौतहटका अनुसार यस वर्ष जिल्लाभरबाट कुल १० हजार ८८ जना परीक्षार्थीहरू परीक्षामा सहभागी हुँदै छन् ।

 

यस पटकको परीक्षामा सहभागी हुने १० हजार ८८ विद्यार्थीमध्ये ५ हजार २७१ छात्र र ४ हजार ८१७ छात्रा रहेका छन् । समन्वय इकाई ले दिएको जानकारी अनुसार साधारण धारतर्फका साथै प्राविधिकतर्फ २४९ जना र ग्रेड वृद्धितर्फ २ सय ४५ जना विद्यार्थीले परीक्षा दिनेछन् । जिल्लाका कुल १३० वटा विद्यालयका विद्यार्थीहरू यस परीक्षामा सामेल हुनेछन्, जसमा १०२ सामुदायिक, २० संस्थागत (निजी) र ८ वटा प्राविधिक विद्यालय रहेका छन् ।

 

परीक्षालाई व्यवस्थित बनाउन जिल्लाभर ३९ वटा परीक्षा केन्द्रहरू निर्धारण गरिएको छ । परीक्षा सञ्चालनका लागि ३९ जना केन्द्राध्यक्ष खटाउने तयारी पूरा भइसकेको छ ।

 

चैत १९ गतेदेखि सुरु भई २९ गतेसम्म सञ्चालन हुने यस परीक्षालाई सफलतापूर्वक सम्पन्न गर्न शिक्षा क्षेत्रका सरोकारवाला, अभिभावक, सुरक्षाकर्मी र सञ्चारकर्मी सबैको सकारात्मक सहयोग आवश्यक रहेको समन्वय इकाई ले जनाएको छ । विद्यार्थीहरूलाई निर्धक्क भएर शान्त वातावरणमा परीक्षा दिने वातावरण सृजना गर्न जिल्ला परीक्षा समन्वय समितिले विशेष आग्रह समेत गरेको छ ।

 

गत वर्षको तुलनामा यस वर्ष परीक्षा प्रणालीलाई थप व्यवस्थित र प्रविधिमैत्री बनाउने प्रयास गरिएको कार्यालयको दाबी छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

झापाका माछा किसान संसदीय समितिका सभापतिलाई समस्या सुनाउदै

दमक,१८ असार ।प्रतिनिधिसभाको कृषि तथा प्राकृतिक स्रोत समितिले झापाका किसानले भोग्दै आएका समस्या र समाधानका उपायबारे सुझाव संकलन थालेको छ । राष्ट्रिय कृषि आधुनिकीकरण कार्याक्रम

आगामी मौद्रिक नीतिका लागि शेयर लगानीकर्ता संघको राष्ट्र बैंकलाई ५ बुँदे सुझाव

काठमाडौं,१८ असार । आगामी आर्थिक वर्ष २०८३ / ८४ को मौद्रिक नीतिलाई पूँजीबजारमैत्री बनाउन शेयर लगानीकर्ता संघ नेपालले नेपाल राष्ट्र बैंक समक्ष पाँच बुँदे सुझाव

आज असार १८ गते बसेको मन्त्रिपरिषद्को बैठकका १० निर्णयहरु

काठमाडौँ, १८ असार ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले महत्वपूर्ण १० निर्णय गरेको छ । सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री

मधेश प्रदेश सभाको बैठक दोस्रो दिन पनि अवरुद्ध

जनकपुर,१८ असार । मधेश प्रदेश सभाको बैठक विहीबार दोस्रो दिन पनि अवरुद्ध भएको छ । सभामुख रामअशिष यादवले बैठक अनिश्चित कालका लागि स्थगित भएको घोषणा

सहकारी संशोधन विधेयक बहुमतले पारित

काठमाडौं,१८ असार । प्रतिनिधिसभाले सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ बहुमतले पारित गरेको छ। बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा

‘इमेज सहकारीका बचतकर्ताको रकम कहिले र कसरी फिर्ता हुन्छ?’: सांसद शर्मा

काठमाडौं,१८ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सोम शर्माले इमेज सहकारीका बचतकर्ताले आफ्नो बचत रकम कहिले र कुन कानुनी प्रक्रियाबाट फिर्ता पाउने भन्ने