रामेछापमा आयुर्वेदिक उपचारमा बिरामीको आकर्षण बढ्यो

रामेछाप,१७ चैत । रामेछाप जिल्लामा विगतको तुलनामा आयुर्वेदिक उपचार सेवा लिनेको सङ्ख्या बढ्दै गएको छ । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछापले मङ्गलवार पत्रकार सम्मेलन गरी चिकित्सालयले प्रवाह गरेको सेवाका बारे जानकारी दिँदै सेवा लिनेको सङ्ख्या बढेको जानकारी दिएको हो ।

 

कार्यालयका निमित्त प्रमुख दीपक कार्कीका अनुसार आर्थिक वर्ष २०८०÷०८१ मा ५ हजार ७८४ जनाले सेवा लिएको चिकित्सालयमा गएको वर्ष हजार ८४६ जनाले सेवा लिएका थिए । यस आर्थिक वर्षको फागुन महिनासम्म मात्रै ६ हजार १८१ जनाले सेवा लिएका कार्कीले बताए ।
ज्येष्ठ नागरिक सेवा तर्फ आर्थिक वर्ष २०८०÷०८१ मा १ हजार ९६२ जनाले सेवा लिएकामा अघिल्लो वर्ष ३ हजार १५४ जना सेवा लिएका थिए । यस वर्षको फागुन महिनासम्म २ हजार ३५० जनाले सेवा लिइसकेका उनले जानकारी दिए ।

 

अकुपञ्चार तर्फ गत वर्ष १ हजार ८२ जनाले सेवा लिएकामा यस वर्षको फागुनसम्म १ हजार ६४३ जनाले सेवा लिइसकेका छन् । आर्थिक वर्ष २०८०÷०८१ मा ९२३ जनाले सो सेवा लिएका थिए ।

 

चिकित्सालयबाट यस वर्षको हालसम्म १ हजार ४४ जनाले फिँजियो थेरापी सेवा लिएका छन् । गत आर्थिक वर्षमा १ हजार ६९० जनाले सेवा लिएका थिए भने त्यसको अघिल्लो वर्ष कुल १ हजार १७० जनाले सेवा लिएका थिए ।

 

चिकित्सालयले साप्ताहिक रूपमा घरदैलो कार्यक्रम सञ्चालन गर्दै आएको तथा जिल्लाका सबै स्थानीय तहमा स्वास्थ्य शिविर सञ्चालन गर्ने योजना अनुसार काम भइरहेको उनले बताए । शिविरहरू सञ्चालन गर्न विभिन्न औषधि कम्पनीहरूले निःशुल्क औषधि उपलब्ध गराएका उनले जानकारी दिए ।

 

कार्यक्रममा अस्पतालका डा।उत्तम गैरेले आयुर्वेदिक उपचार र यसको महत्त्व बारे प्रकाश पारेका थिए । उनले आयुर्वेदिक उपचार मानव जीवनको सुरुवातसँगै सुरु भएको बताए । आयुर्वेद शरीरका लागि मात्र नभएर सम्पूर्ण जीवनको लागि भएको उनले प्रस्ट पारे ।

 

कार्यक्रममा जिल्ला समन्वय समिति रामेछापका उपप्रमुख प्रेम सागर थापाले चिकित्सालयले आयुर्वेदिक उपचार सेवा विस्तार र प्रवर्धनको लागि महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताए । उनले स्थानीय, प्रदेश र संघीय सरकारसँग समन्वय गरी यसको विकासका लाग थप काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

 

चिकित्सालय सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष नवराज पथिकले चिकित्सालयमा बिरामी भर्ना गरेरै सेवा दिने योजनाका साथ लागि रहेको जानकारी दिए । यसो गर्न सक्दा लामो उपचार गर्नुपर्ने बिरामीलाई सहयोग पुग्ने उनको धारणा छ । चिकित्सालयको सेवा प्रवाहमा सबैले सहयोग गरेका भन्दै उनले धन्यवाद पनि दिए ।

 

जिल्ला समन्वय समिति रामेछापका उपप्रमुख थापाको प्रमुख आतिथ्यता तथा चिकित्सालय सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष पथिकको अध्यक्षतामा भएको कार्यक्रममा जिल्लाका पत्रकारहरूलाई चिकित्सालयले प्रवाह गरेको सेवा, चुनौती र उपलब्धि बारे जानकारी गराइएको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

वैदेशिक रोजगारीमा ठगी गर्नेलाई सरकारको कडा चेतावनी:एकैदिन १९ विरुद्ध पक्राउ पुर्जी, २५ नयाँ मुद्दा दर्ता

काठमाडौँ, १९ असार । वैदेशिक रोजगारीका नाममा सोझासाझा श्रमिकलाई ठग्ने र कानुन उल्लंघन गर्नेहरू माथि सरकारले आफ्नो निगरानी र कारबाहीलाई तीव्र बनाएको छ। वैदेशिक रोजगार

एआई फर गुड ग्लोबल समिटमा भाग लिने नेपाली विद्यार्थी टोलीद्वारा सञ्चारमन्त्रीसँग भेट

काठमाडौँ, १९ असार : संयुक्त राष्ट्रसंघीय एजेन्सी अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आइटियु) ले यहि जुलाई ७ देखि १० सम्म स्वीट्जरल्याण्डमा आयोजना गर्न लागेको ‘एआई फर गुड

खोला किनारका बासिन्दाको दुःख केही समयका लागि मात्रै होः लामिछाने

काठमाडौं,१९ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले खोला किनारमा बसोबास गर्ने नागरिकको व्यवस्थापनका क्रममा केही असहजता भए पनि दीर्घकालीन रूपमा यसको सकारात्मक

अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गरिए जेल भर्ने धवलशम्शेरको चेतावनी

काठमाडौं,१९ असार । नेता धवलशम्शेर राणाले अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुनेगरी कानुन ल्याइए आफूहरू आन्दोलनमा उत्रिने चेतावनी दिनु भएको छ। शुक्रबार पत्रकार सम्मेलनपछि सञ्चारकर्मीसँग कुरा गर्दै

निजामती कर्मचारी अस्पतालको नयाँ सेवा इकाई मन्त्रालयमै सुरु

काठमाडौं,१९ असार । निजामती कर्मचारी अस्पतालको सेवा इकाई सञ्चालनमा आएको छ । आज शुक्रबारदेखि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय भवनको तल्लो तलामा सेवा इकाई

दोषीको सम्पत्ति रोक्का देखि विदेश यात्रामा प्रतिबन्धसम्म

काठमाडौं,१९ असार । सहकारी क्षेत्रलाई थप व्यवस्थित, पारदर्शी र जवाफदेही बनाउन सरकारले विधेयकमार्फत नयाँ प्रक्रिया अगाडि बढाएको छ । सरकारले सहकारी (पहिलो संशोधन) विधेयक, २०८३