दमक,१७ चैत। न बाटो थियो, न कुनै भव्य भवन । केवल खाँचो थियो गुणस्तरीय शिक्षाको । समाजले खोजेको शिक्षा आफ्नै ठाउँमा पाउन नसकेपछि आफ्ना छोराछोरीलाई मधुमल्ला भन्दा बाहिरका स्कुलमा पठाउनु पर्ने बाध्यता थियो । असुरक्षीत यात्राबाट भविष्य बनाउन कुदिरहेका ती विद्यार्थीको पीडा र समस्यालाई निर्मुल गर्न मधुमल्लामा २०४५ सालमा स्थापना गरियो रिलाइन्स इङलीस सेकेण्डरी स्कुल ।
बालबालिका देशका भविष्य हुन भन्ने सोचलाई आत्मसाथ गर्दै स्थापना गरेको यो स्कुलले अहिले यस ठाउँमा फरक पहिचान मात्रै बनाएको छैन । उत्कृष्टता समेत हाँसील गरीरहेको छ । तर यो उत्कृष्टता यत्तीकै हाँसील भएको भने हैन । निकै चुनौती र अप्ठ्यारालाई छिचोल्दै रिलाइन्स अहिले यो ठाउँमा आइपुगेको हो ।
अहिले यो विद्यालयले समाजको आवश्यकता मात्रै पुर्ती गरीरहेको छैन । समयको माग र चाहना, विद्यार्थीहरुको रुची अनी उनीहरुको सोच र खोजलाई समेत आत्मसाथ गरीरहेको छ । विद्यार्थीलाई सृजनशिल बनाउन अधिकतम काम भइरहेका छन् ।
विद्यार्थीलाई अहिले लेख्न, बोल्न अनी परिक्षामा उत्कृष्ट नतिजा ल्याउन मात्रै सिकाईदैन । उनीहरुको सोचलाई खोजसग तालमेल मिलान सिकाइन्छ । अरुभन्दा फरक बिचार राख्ने बनाइन्छ । अनुशाषन र सिष्टता सिकाईन्छ । सिप र कलाले उनीहरुलाई तप सृजनशील र कर्तव्यनिष्ट बनाइन्छ ।
विद्यार्थीलाई अतिरिक्त कृयाकलाप मात्रै नभएर कक्षा कोठालाई समेत आधुनिक बनाउँदै, विद्यार्थीहरुलाई जिज्ञासु बनाएर हरेक कौतुहलतालाई सरल ढंगले सहजी करण समेत गराइन्छ । जसबाट विद्यार्थीहरुले बुझ्ने मात्रै नभएर कहिलै नबिर्सने गरी आफ्नो मनपटलमा सेट गर्न सकिरहेका छन् ।
विद्यार्थीहरुमा देखीएको यत्तीको निख्खरपन यत्तीकै मात्र आएको छैन । खासगरी कक्षा शिक्षकहरुले गरेको मिहनत , उहाँहरुको स्व अध्ययनले दिएको ज्ञान, अनी विद्यालय प्रशाषनले उपलब्ध गराएका कयौ सुविधा र सहजीकरणले सम्भव भइरहेको छ ।
विद्यालयले जे गरीरहेको छ यो सबै विद्यार्थीहरु असल नागरीक बनुन । समाजका उदाहरणीय पात्र बन्न सकुन भन्नकालागि हो । यसमा विद्यालयको चाहना र सोचले मात्रै पनि पुरा हुँदैन । समाज र अभिभावकको पनि उत्तीकै जिम्मेवारी र सकरात्मक साथ चाहिन्छ । तर रिलाइन्सले अभिभावकलाई प्रेरणा मानेको छ र अभिभावकले पनि आफ्ना छोराछोरीमा आएको परिवर्तनले सन्तुष्ट भएको प्रतिकृया दिएका छन् ।
विद्यार्थीलाई विद्यालय आउने स्कुल बस, अध्ययन गर्न सहज होस भन्न आधुनीक लाइब्रेरी, सुविधा सम्पन्न कम्प्यूटर र बिज्ञानको ल्याव त सामान्य नै भए । तर विद्यार्थीका अन्तरनिहत क्षमताको पहिचान गरि त्यसै अनुसार उनीहरुको भविष्य उज्वल बनाउन विद्यालय तह देखीनै छुट्टा छुट्टै सङ्गीत, गीत, नृत्य, खेलकुद नाट्य, चित्रकला साथै विद्यार्थीका रुची अनुसारका प्रशिक्षकहरु समेतको व्यवस्थाले रिलायन्स विद्यार्थीको भविष्य निर्माणमा चिन्तित मात्रै छैन, त्यसलाई परिणाम दिने गरी कर्ममा पनि लागी परिरहेको छ भन्ने प्रमाण समेत पेष गरीरहेको छ । र यसलाई पूर्वि मोरङको प्रतिस्पर्धी स्कुल मात्रै नभएर काठमाडौका ठुला भनीएका स्कुलसग समेत प्रतिस्पर्धा गर्न सक्ने गरीको संरचनागत, गुणत्मक सुधार गर्दै अन्तराष्ट्रिय स्तरको शिक्षा स्थानीय स्तरमै उपलब्ध गराउने लक्ष्य विद्यालयका सस्थापकको छ ।
एउटा गाउँमा स्थापना भएको यो विद्यालय अहिले पूर्वि मोरङको नमुना स्कुल बनिरहेको छ । विद्यार्थीहरुलाई सृजनशिल बनाउँदै नेपाली बजार मात्रै नभएर विस्व बजारमा समेत प्रतिस्पर्धा गर्न सक्ने गरीको जनशक्ति यहाँबाट तयार पारिरहिएको छ । यो अभियान अविराम ढंगले अघी बढिरहेको छ ।









