काठमाडौं,१७ चैत । शोभा पाठकले नेकपा एमाले सचिब महेश बस्नेत कानूनको दायराबाट कदापी उम्कन नसक्ने दाबी गर्नु भएको छ् । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पाठकले सचिव वस्नेतलाई कुनै हालतमा उम्कन नदिने र कानूनी दायरामा ल्याएर छाड्ने चेतावनी दिनु भएको छ ।
सरकारले ल्याउन नमिले पनि कानूनले आफूले कानुनी दायरबाट पक्राउ गर्ने बताउनु भयो् । उहाँले कठालो समातेर माइती घरमा घिसार्दै ल्याउने समेत अडान राख्नु भयो। ‘महेश बस्नेत कदापि उम्कन सक्नुहुन्न । कानुनी दायरामा ल्याएर छाड्छु । म बाचा गर्छु यो कुनै आरोप होइन । सुधन गुरुङ र बालेन शाहको धावा दिएर बोल्दैछन । सरकारले ल्याउन मिल्दैन होला तर मैंले ल्याउन मिल्छ । म कठालो समातेर माइती घरबाट घिसार्छु,’ उहाँले भन्नु भयो ।
उच्च अदालत पाटनमा विगत दुई वर्षदेखि मु्द्दा लडिरहेको बताउँदै उहाँले भन्नु भयो,‘उच्च अदालतले महेश बस्नेतको गुण्डाराज र केपी ओली सरकारका कारणले आजसम्म मलाई दबाएर राखेको थियो । दुई वर्षदेखिको मुद्दा फैसला गर्न नसकेको अवस्थामा म न्यायको लागि पुनः जाहेरी लिएर गएको थिए ।’









