दमक, १७ , चैत्र । ‘ओमनन्द गुरुको’ जन्मोत्सवको अवसर पारेर झापामा सम्मान सहित रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
मंगलबार झापाको कमल स्थित पाडाजुँगीमा रहेको प्रेमवादी सामुदायीक भवनमा कार्यक्रम सम्पन्न गरीएको थियो ।
सो अवससरमा वरिष्ठ रक्तसञ्चार विशेषज्ञडा. विपिन नेपाल, बरिष्ठ मुटुरोग बिशेषज्ञ भगवान कोईराला, रक्तसमाजका अध्यक्ष प्रेमसागर कर्मचार्य, सामाजीक अभियान्ता तथा लायन्सकर्मी एमजेएफ शंकर कुमार शारदा र शशस्त्र प्रहरीका बरिष्ठ उपरिक्षक रमेश कुमार पाण्डेलाई सम्मान गरीएको थियो ।
उहाँहरुले सामाजीक रुपमा पुर्याउनु भएको योगदानको चर्चा गर्दै अरुलाईपनि यस्तै काम गर्ने प्रेरणा मिलोस भनेर सम्मान गरीएको कार्यक्रम संयोजक रामप्रसाद चाम्लीङले जानकारी दिनुभयो ।
सो अवसरमा रक्तदानको कार्यक्रम समेत राखीएको थियो । जहाँ ११६ पेइन्ट रगत संकलन भएको पनि चाम्लीङले जानकारी दिनुभएको छ ।









