झापा देखी काठमान्डौं सम्मका औषधसहित कारोबारी पक्राउ

काठमाडौं,१८ चैत । झापाको भद्रपुर नगरपालिका ५ नयाँ बजारबाट लागू औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १ ग्राम १२० मिलिग्राम सहित सोही नगरपालिका ५ बसपार्क नजिकै बस्ने २६ वर्षीय स्माईल कार्कीलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

 

मोरङको उर्लाबारी नगरपालिका–७ बरगाछीबाट लागू औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७१० मिलिग्राम र नगद ६ हजार ७५० रुपैयाँसहित सोही नगरपालिका–७ नमुना टोल बस्ने २९ वर्षीय देवु शर्मा समेत २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

 

यसै गरी बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१० नितनपुरबाट अवैध लागू औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ६ ग्राम २१० मिलिग्रामसहित वीरगन्ज महानगरपालिका–२१ परवानीपुर बस्ने २५ वर्षीय अनिल साहलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय सिमरा समेतबाट खटिएको प्रहरीले वीरगन्जबाट सिमरातर्फ आउँदै गरेको इलेक्ट्रिक स्कुटरमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

 

यस्तै, तनहुँ आँबुखैरेनी गाउँपालिका–२ ढाप टारबाट नियन्त्रित लागू औषध डाईजेपाम १ एम्पुल, फेनारनग १ एम्पुल र बुप्रेनोर्फिन १ एम्पुलसहित गोरखा, गोरखा नगरपालिका–१० बाह्र किलो बस्ने २७ वर्षीय आमोस तामाङलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय आँबुखैरेनीबाट खटिएको प्रहरीले उनलाई उक्त लागू औषध सहित पक्राउ गरेको हो ।

 

थप अनुसन्धानको क्रममा उक्त लागू औषध आँबुखैरेनी गाउँपालिका–२ बगुवा बस्ने ३० वर्षीय प्रितम थापाबाट खरिद गरी ल्याएको भन्ने खुल्न आएपश्चात प्रितमको घर तलासी गर्दा नियन्त्रित लागू औषध ट्राम डोल १ हजार ७ सय ट्याब्लेट, डाईजेपाम १० एम्पुल, फेनारगन १० एम्पुल र बुप्रेनोर्फिन १० एम्पुल फेला पारी उनलाई समेत प्रहरीले पक्राउ गरेको छ ।

 

पर्सा वीरगन्ज महानगरपालिका–१६ बाट नियन्त्रित लागू औषध डाईजेपाम २०० एम्पुल, बुप्रेनोर्फिन २०० एम्पुल र प्रोमेथाजाइन २०० एम्पुलसहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पर्सा घर भएका भारत मोतिहारी रक्सौल बस्ने २३ वर्षीया नेहा देबी ठाकुर र सोही महानगरपालिका ४ बस्ने ३२ वर्षीय केवल गोसाईं रहेका छन् ।

 

प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरीले मितेरी पुलबाट घण्टाघरतर्फ जाँदै गरेको बि.म.न.पा.१ ह ८३८ नम्बरको ई–रिक्सामा सवार उनीहरूलाई उक्त लागू औषधसहित फेला पारी पक्राउ गरेको हो ।

 

यसै गरी सुर्खेत वीरेन्द्रनगर नगरपालिका–८ बाट लागू औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १२० मिलिग्राम सहित सोही नगरपालिका–८ बस्ने २२ वर्षीय हरि बुढालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय सुर्खेत समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

वैदेशिक रोजगारीमा ठगी गर्नेलाई सरकारको कडा चेतावनी:एकैदिन १९ विरुद्ध पक्राउ पुर्जी, २५ नयाँ मुद्दा दर्ता

काठमाडौँ, १९ असार । वैदेशिक रोजगारीका नाममा सोझासाझा श्रमिकलाई ठग्ने र कानुन उल्लंघन गर्नेहरू माथि सरकारले आफ्नो निगरानी र कारबाहीलाई तीव्र बनाएको छ। वैदेशिक रोजगार

एआई फर गुड ग्लोबल समिटमा भाग लिने नेपाली विद्यार्थी टोलीद्वारा सञ्चारमन्त्रीसँग भेट

काठमाडौँ, १९ असार : संयुक्त राष्ट्रसंघीय एजेन्सी अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आइटियु) ले यहि जुलाई ७ देखि १० सम्म स्वीट्जरल्याण्डमा आयोजना गर्न लागेको ‘एआई फर गुड

खोला किनारका बासिन्दाको दुःख केही समयका लागि मात्रै होः लामिछाने

काठमाडौं,१९ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले खोला किनारमा बसोबास गर्ने नागरिकको व्यवस्थापनका क्रममा केही असहजता भए पनि दीर्घकालीन रूपमा यसको सकारात्मक

अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गरिए जेल भर्ने धवलशम्शेरको चेतावनी

काठमाडौं,१९ असार । नेता धवलशम्शेर राणाले अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुनेगरी कानुन ल्याइए आफूहरू आन्दोलनमा उत्रिने चेतावनी दिनु भएको छ। शुक्रबार पत्रकार सम्मेलनपछि सञ्चारकर्मीसँग कुरा गर्दै

निजामती कर्मचारी अस्पतालको नयाँ सेवा इकाई मन्त्रालयमै सुरु

काठमाडौं,१९ असार । निजामती कर्मचारी अस्पतालको सेवा इकाई सञ्चालनमा आएको छ । आज शुक्रबारदेखि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय भवनको तल्लो तलामा सेवा इकाई

दोषीको सम्पत्ति रोक्का देखि विदेश यात्रामा प्रतिबन्धसम्म

काठमाडौं,१९ असार । सहकारी क्षेत्रलाई थप व्यवस्थित, पारदर्शी र जवाफदेही बनाउन सरकारले विधेयकमार्फत नयाँ प्रक्रिया अगाडि बढाएको छ । सरकारले सहकारी (पहिलो संशोधन) विधेयक, २०८३